News Category 2073/01/01
डा. भट्टराईले हुलाकी राजमार्गबाट मधेश जागरण अभियान थाल्ने
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
प्रदेश नं. २ बाट मधेश जागरण अभियानको शुभारम्भ गर्नका लागि नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैशाख ३ गते सप्तरी आउँदै हुनुहुन्छ ।
नयाँ शक्ति नेपाल जिल्ला तदर्थ समिति सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्ला तदर्थ समितिका संयोजक अनिल साहले प्रदेश नं. २ मा मधेश जागरण अभियानको शुभारम्भ सप्तरीबाटै केन्द्रिय संयोजक भट्टराईले गर्नुहुने जानकारी दिदै २ नम्बर प्रदेशका ८ वटै जिल्लामा पर्ने हुलाकी राजमार्गको निरिक्षण समेत गर्ने जानकारी दिनुभयो ।
उहाँले मधेश प्रति उठेका प्रश्न र मधेशी जनताको असन्तुष्टि, मागबारे डा.भट्टराईले मधेशी जनता समक्ष पुगेर जानकारी लिने बताउनुभयो ।
बैशाख ३ गते डा.भट्टराईले सप्तरीको भारदहमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दै सदरमुकाम राजविराजमा आयोजना हुने सभालाई समेत सम्बोधन गरि हुलाकी राजमार्गको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमका लागि तदर्थ समितिका संयोजक अनिल साहको संयोजकत्वमा मुल आयोजक समिति, केन्द्रिय परिषद्का सदस्य छेदी रजकको संयोजकत्वमा आर्थिक समिति, केन्द्रिय परिषद्का सदस्य देव नारायण यादवको संयोजकत्वमा प्रचार प्रसार, व्यवस्थापन, मंच समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद्का सदस्य डा.मनोज सिंह, छेदी रजक, कृष्ण प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ