News Category 2073/01/02
आगलागिमा १६ घर जलेर नष्ट ४५ लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
सप्तरीको देउरी भरुवा गाविस र सारस्वर गाविसमा आगलागि हुँदा १६ घर जलेर नष्ट हुँदा करिब ४५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको देउरी भरुवा गाविस ६ मा बुधबार बिहान आगलागी हुँदा ६ परिवारका १४ घर जलेर नष्ट भएका छन् ।
देउरीभरुवा ६ निवासी सोफी मण्डलको भान्सा घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा सो घरलगायत अन्य पाँच घर जलेर नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी, स्थानियवासी र दमकलको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै मंगलबार साँझ जिल्लाको सारस्वर ४ स्थित अब्दुल सलाम अन्सारी मिँयाको घरबाट अचानक आगलागि हुँदा करिब २० लाख बराबरको क्षति भएको छ । सो आगलागिमा एक लाख नगद समेत जलेर नष्ट भएको छ ।
अब्दुलसहित मो. गुफरान अन्सारीको टिनको छानो भएको घर र भित्र रहेको एक किलो ५ सय ग्राम चाँदी, दुई तोला सुन, तीन वटा साइकल, नगद १ लाख समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी र स्थानियबासिको सहयोगमा नियन्त्रणमा आएको थियो ।
यसैबीच सद्भावना पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले अग्निपीडित गुफरानलाई राहत सामाग्रि प्रदान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ