News Category 2073/01/02
जिल्लाको अवस्था खस्कदै गएकोप्रति वरिष्ठ बामपंथी नेता बर्माको चिन्ता
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
वरिष्ठ वामपंथी नेता कृष्णराज वर्माले आफ्नो जन्म र कर्म स्थान राजविराज नगर र सप्तरीको विकास प्रति बढी चिन्तित तथा गम्भिर भएर २०७३ सालको नव वर्षको अवसरमा राजनीति पार्टीहरु, नागरीक समाज, बौद्धिक समाज र सञ्चारकर्मीहरुलाई सुझाव तथा गुनासोहरु प्रस्तुत गर्नु भएको थियो ।
उहाँले नगरको सडकको विकास औद्योगिक विकास बारे संगठित रुपले प्रयास गर्नुपर्ने सुझाव दिदै भन्नुभयो, “विराटनगरको विकास देखेर राजविराजको पनि विकास हुनु पर्दथ्यो, तर, हामीले पूर्वाधार विकास गर्न सकेनौं” ।
सो अवसरमा खानेपानी, स्वास्थ्य र शिक्षाको खस्कदो अवस्था बारे चिन्ता व्यक्त गर्दै उहाँले सुधार कसरी हुन्छ समाजसेवा अपेक्षा राख्नु भएको थियो । एउटा अठोटका साथ यहाँका राजनीतिक पार्टीहरुले विकासलाई अगाडि बढ्नु पर्ने उहाँको सुझाव छ ।
विगतको सम्झनालाई उद्धृत गर्दै भन्नुभयो, “राजविराज नगरपालिका कायम गर्दा तीन जनाको कमिटिमा आफु र दुई जनामा सीताराम काँवरा र राधाकान्त मुन्शी रहेका थियौं ।” सोही अवसरमा वर्माले सप्तरीका प्रथम पत्रकार, प्रथम राजनीतिज्ञ र प्रथम शिक्षाप्रेमी हुँ भन्दै कम्युनिष्ट आन्दोलन क्रममा किसानहरुको शोषणको अन्त गर्न विभिन्न घटित उदाहरणहरु सुनाउनु भएको थियो ।
उहाँले आफ्नो जिल्ला र नगरप्रति आफू अत्यन्त दुःखीत रहेको बेला सबै पार्टीका प्रमुखहरुलाई जानकारी दिँदा पनि एमाले र राप्रपा नेपालका प्रतिनिधि मात्र उपस्थित भएको गुनासो गर्नुभयो ।
उहाँले यो माटोसँग प्रेम माया छ त्यसैले “च्बवदष्चबव म्भअबिचबतष्यल” किन नगर्ने प्रश्न गर्नु भयो ।
सोही अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, राप्रपा नेपालका केन्द्रिय सदस्य सुवास चन्द्र झा, बौद्धिक समाज सप्तरीका संयोजक अमर कान्त झा, सचिव अनिल कुमार अनल, प्रा.डा.पीताम्बर यादव, पत्रकार शिवहरि भट्टराई, बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका कावा अध्यक्ष श्रवण कुमार देव, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, नागरिक समाजका थान सिंह भंसाली लगायतले जिल्लाको विकास प्रति चिन्ता व्यक्त गर्दै आफ्ना विचार राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ