News Category 2070/05/17
पा“च दिनदेखि युवक मलेसियामा अलपत्र
दैनिक संवाददाता
राजविराज, १६ भदौं ।
बैदेशिक रोजगारका लागि मलेसिया पुगेका सप्तरीको एक युवक मलेसियामा बिगत चार÷पाँच दिनदेखि अलपत्र परेको छ ।
काठमाडौको गोङगबु स्थित लिंक स्टार म्यानपावर सर्भिसेज प्रालि मार्फत मलेसिया करिब एक महिनाअघि मलेसिया पुगेको सप्तरीको बनरझुल्ला गाविस–६ घर भई हाल लहान–१ सिरहामा बस्ने दिपनारायण विश्वकर्माको छोरा ललित नारायण विश्वकर्मा मलेशियामा अलपत्र परेको पीडित परिवारले बताएको छ ।
मलेसियामा पठाएको म्यानपावर कम्पनीले कुनै वास्ता नगर्दा ललित बिगत चार÷पाँच दिनदेखि भोक भोकै सडकमा बस्न बाध्य भएको पिडीतका पिता दिपनारायण विश्वकर्माले बताउनुभयो ।
उक्त म्यानपावर कम्पनीले मलेसियाको भिक्टोरिया फाईब स्टार होटलमा वेटरको काम गर्नुपर्ने र सो काम वापत मासिक मलेसियन १२ सय रुपैयाँ पाउने प्रलोभन देखाउँदै विश्वकर्मासँग पटक पटक गरी डेढ लाख रुपैयाँ लिएर करिब एक महिनाअघि मलेसिया पठाएको थियो ।
मलेसिया पुगेपछि भने जस्तो काम र पारिश्रमिक नपाउने जानकारी पाएपछि आफुले काम गर्न अस्वीकार गरेका कारण त्यहाँका कम्पनीले यातना दिदै कामबाट निकालिदिएको मलेसियाबाट ललितले फोन मार्फत जानकारी दिएको बताउँदै पिडीतका पिता दिपनारायण विश्वकर्माले म्यानपावरको मलेसियास्थित स्थानिय एजेण्टलाई ललितले घट्ना बारे जानकारी गराउँदा समेत संरक्षण दिनुको साटो उल्टै धम्काउने गरेको त्यहाँबाट छोराले जानकारी दिएको बताउनुभयो ।
छोराले फोनबाट यस्तो पिडा दायक समाचार सुनाएपछि आफुहरु पनि चिन्तित बनेका बताउँदै पिडीतका पिता दिपनारायण विश्वकर्माले भन्नुभयो–‘‘ यसबारे आफुले ललितलाई मलेसिया पठाएको म्यानपावर कम्पनीमा फोन गरेर जानकारी गराउँदा समेत अहिलेसम्म कुनै पहल नगरी आलटाल गर्दै आएको छ ।”
पटक पटक म्यानपावरलाई फोन गरेर अलपत्रमा परेका छोरालाई जसरी पनि सकुशल घर फकाईदिन आग्रह गर्दा उल्टै म्यानपावरका प्रमुख लगायतले ललित र आफुलाई समेत बिभिन्न किसिमको धाकधम्की र गाली ग्लोज समेत गर्ने गरेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ