News Category 2073/01/04
पाँच वर्ष भित्र सप्तरीलाई बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीबाट अगामी पाँच वर्षभित्र बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने प्रतिवद्धता यहाँका सरोकारबालाहरुले जनाएका छन ।
बालविवाह तथा दहेज प्रथा उन्मुलन अभियान सप्तरीद्धारा शुक्रबार राजविराजमा आयोजित बाल विवाह एवं दाईजो मुक्त सप्तरी बनाउने पहलको योजना तथा कार्यान्वयन विषयक बृहत छलफल कार्यक्रममा यहाँका सरोकारबालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा सहभागिहरुले बालविवाह तथा दहेज प्रथालाई जडैबाट समाप्त पार्नका लागि सरकारबाट आवश्यक कडा कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।
सोही क्रममा अभियानका केन्द्रिय संयोजक राज कुमार महतोले विश्वमै १० औं स्थानमा नेपाल बालविवाह रहेको जानकारी दिनुहुँदै ५२ प्रतिशत बाल विवाह नेपालमा हुने गरेको तथा विश्वमै बालविवाह ठुलो समस्या देखिएको बताउनुभयो ।
त्यस्तै दक्षिण एसियामा तेश्रो स्थानमा नेपाल रहेको जानकारी दिनुहुँदै संयोजक महतोले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरीमा ८३ प्रतिशत बालविवाह हुने गरेको तथा नेपालको ६ जिल्लामा बढी बालविवाह हुने गरेको बताउँदै बालविवाह एवं दाईजो प्रथा मुक्त नेपाल बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
अभियानका सप्तरी संयोजक दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम प्रसाद ढाकालको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा राजविराज नगरपालिकाका कुमकुम गुरुङ्ग, वडा बाल संरक्षण समितिका संयोजक हित नारायण लाल दास, अभियानका सह संयोजक शिव प्रताप शाह, ओबिसी महासंघका उपेन्द्र प्रसाद साह, अभियानका सदस्य एवं पत्रकार शुभ नारायण यादव, चन्दन कुमार यादव, महिला फोरमकी सुनिता साह, जिल्ला वन क्लव संजालका अमर कुमार यादव लगायतकाहरुले सप्तरीबाट बाल विवाह तथा दहेज प्रथालाई उन्मुलन गर्नका लागि सबै जना आ आफनो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ