News Category 2073/01/04
पाँच वर्ष भित्र सप्तरीलाई बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीबाट अगामी पाँच वर्षभित्र बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने प्रतिवद्धता यहाँका सरोकारबालाहरुले जनाएका छन ।
बालविवाह तथा दहेज प्रथा उन्मुलन अभियान सप्तरीद्धारा शुक्रबार राजविराजमा आयोजित बाल विवाह एवं दाईजो मुक्त सप्तरी बनाउने पहलको योजना तथा कार्यान्वयन विषयक बृहत छलफल कार्यक्रममा यहाँका सरोकारबालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा सहभागिहरुले बालविवाह तथा दहेज प्रथालाई जडैबाट समाप्त पार्नका लागि सरकारबाट आवश्यक कडा कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।
सोही क्रममा अभियानका केन्द्रिय संयोजक राज कुमार महतोले विश्वमै १० औं स्थानमा नेपाल बालविवाह रहेको जानकारी दिनुहुँदै ५२ प्रतिशत बाल विवाह नेपालमा हुने गरेको तथा विश्वमै बालविवाह ठुलो समस्या देखिएको बताउनुभयो ।
त्यस्तै दक्षिण एसियामा तेश्रो स्थानमा नेपाल रहेको जानकारी दिनुहुँदै संयोजक महतोले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरीमा ८३ प्रतिशत बालविवाह हुने गरेको तथा नेपालको ६ जिल्लामा बढी बालविवाह हुने गरेको बताउँदै बालविवाह एवं दाईजो प्रथा मुक्त नेपाल बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
अभियानका सप्तरी संयोजक दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम प्रसाद ढाकालको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा राजविराज नगरपालिकाका कुमकुम गुरुङ्ग, वडा बाल संरक्षण समितिका संयोजक हित नारायण लाल दास, अभियानका सह संयोजक शिव प्रताप शाह, ओबिसी महासंघका उपेन्द्र प्रसाद साह, अभियानका सदस्य एवं पत्रकार शुभ नारायण यादव, चन्दन कुमार यादव, महिला फोरमकी सुनिता साह, जिल्ला वन क्लव संजालका अमर कुमार यादव लगायतकाहरुले सप्तरीबाट बाल विवाह तथा दहेज प्रथालाई उन्मुलन गर्नका लागि सबै जना आ आफनो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ