News Category 2073/01/04
मधेशवादको शत्रु, खस अहंकरवाद र जातीवादको अन्त्य नभएसम्म मधेश मुक्त हुन सक्दैन ः मृगेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
पूर्व कृषि मन्त्री तथा सदभावना पार्टीका बरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादवले मधेशवादको शत्रु, खस अहंकरवाद र जातीवादको अन्त्य नभएसम्म मधेश र मधेशी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।
मधेशका मसिहा सदभावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्र नारायण सिंहको जन्म जयन्ती, पार्टीको स्थापना दिवस तथा क्षेत्र न. ६ को विस्तारित बैठकमा प्रमुख आतिथ्यको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
यादवले मधेश र मधेशीमाथि भईरहेको अन्यायलाई समाप्त गर्नुपर्नेमा जोड दिनुहुँदै मधेशबाट उठि मधेशवादको नारा लगाउनुपर्ने तथा जातिवादको अन्त्यका साथै सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
उहाँले फुट डालौ शासक वर्गको अर्थात मधेशीमाथि शासकहरुले गर्दै आएको दमनलाई अन्त्य गर्नका लागि सम्पुर्ण मधेशी र थारुहरुलाई भावनात्मक रुपमा एकवद्ध हुनुपर्नेमा जोड दिदै स्व.गजेन्द्र बाबुको सपना साकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
सदभावना पार्टी क्षेत्र न. ६ का क्षेत्रिय संयोजक भगवति प्रसाद यादवको अध्यक्षतामा आयोजित सो विस्तारित बैठकमा सदभावना पार्टीका केन्द्रिय सदस्यहरु राजेन्द्र प्रसाद यादव, हरेकृष्ण प्रसाद सिंह, बिशेश्वर रजक, अमरनाथ मण्डल, दिनेश कुमार यादव, सत्य नारायण यादव, पार्टीका बरिष्ठ नेता शशि यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, महिलानेतृ मंजुलता यादव, कमलदेव यादव लगायतका बक्ताहरुले काग्रेस, एमाले र एमाओवादीबाट मधेशको मुक्ति नमिल्ने विचार व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा तमलोपाका तेजुलाल यादव, जनार्धन प्रसाद यादव, नेपाली काग्रेसका कृष्ण कुमार यादव, एमालेका भगिरथ साह सहितका सयौ जना सदभावना पार्टीका प्रवेश गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ