News Category 2073/01/06
युरिन किटबाट लागु औषध प्रयोगकर्ताले प्रयोग गरेको लागु पदार्थ दुई मिनेटमै पत्ता लगाउन सकिने
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
नेपालमा हाल दुई लाख व्यक्ति लागु औषधको कुलतमा फसेका छन् भने दुई लाख बालबालिकाहरु सो कुलतको शिकार भएका छन् ।
नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष बसन्त कुँवरले आइतबार राजविराजमा पत्रकार सम्मेलन मार्फत सो जानकारी दिनुभएको हो ।
सोही पत्रकार सम्मेलनमा उहाँले एक जना लागु औषध प्रयोगकर्तासँग कुन–कुन लागु पदार्थ प्रयोग गरेको कुरा दुई मिनेटमै पत्ता लगाउनुभयो । राजविराज १० निवासी १९ वर्षिय सुरेन्द्र यादवलाई पूर्वएसपी समेत रहनुभएका कुँवरले युरिन किट मार्फत उसले प्रयोग गरेको सम्पूर्ण लागु पदार्थको नाम यादवकै मुखबाट बोल्न लगाउनुभयो ।
यादवको पिसाबलाई सो युरिन किटमा राखेर दुई मिनेटमै किटमा उल्लेख गरिएको विभिन्न लागु औषधको नामसहित मात्रा पनि देखिएको थियो । त्यसपछि उहाँले यादवसँग कुन कुन लागु पदार्थ प्रयोग गरेको हो भन् होइन भने थुनामा थुन दिन्छु भने उसले एक एक गरि नाइट्रोज, कोरेक्स र गाजा सेवन गरेको बताए ।
युरिन किट अमेरिकामा बनेको र यसको मुल्य करिब एक हजार नेपाली रुँपैया पर्ने उहाँले बताउनुभयो ।
त्यसपश्चात् कुँबरले मुलुकभरि अहिले लागु औषध सेवन गर्नेहरुको संख्या बढ्दै गएको चिन्ता व्यक्त समेत गर्नुभयो । उहाँले लागु औषध प्रयोग गर्नेहरुमा सबैभन्दा बढी कक्षा ८ देखी १० सम्मका बालबालिकाहरु रहेको जानकारी दिनुभयो ।
अभिभावकले आफ्नो बालबालिका लागु औषधको कुलतमा फसेको कुरा चार कुराबाट सजिलै अनुमान गर्न सक्ने जानकारी दिनुभयो । बालबालिकाहरु दुब्लाउँदै जानु, राती अबेरसम्म नसत्नु र बिहान सबेरै उठ्नु, पढाईमा कमजोर हुँदै जानु र अनावश्यक भन्दा बढी फुर्तिलो हुनु नै लागु औषध सेवन गरेको अनुमान गर्न सकिने जिकिर गर्नुभयो ।
यस्तै उहाँले सप्तरीमा दुरव्यसनीहरुका लागि सुधार गृह खोल्न कदम चालेमा आफु पनि यसका लागि सहयोग गर्ने प्रतिबद्धता संचारकर्मीसमक्ष गर्नुभयो ।
सो सम्मेलनमा पूर्व एआइजी बिनोद सिंह, सप्तरीका प्रहरी उपरिक्षक भिम ढकाल समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ