News Category 2073/01/07
तीन थान हतियारसहित त्रिशुलधारी बाबा पक्राउ
दैनिक समाचारदाता
सिरहा, ६ बैशाख ।
सिरहामा त्रिशुलधारी बाबाजीको भेषधारण गरेका एक व्यक्तिको झोलाबाट आईतबार दुई थान कटुवा पेस्तोल बरामद भएको छ ।
भारतीय नम्बरको मोटरसाइकल पछाडी सवार हातमा त्रिशुल र कमण्डल बोकेका हर्कटी गाविस १ बस्ने ५६ वर्षिय भुटाई सदाय (दास) र मोटरसाइकल चालक सोही गाविस ५ बस्ने ४५ वर्षिय हरि गोबिन्द यादवको साथबाट दुई थान कटुवा पेस्तोल र घरमा लुकाइ राखेको एक थान इटलीमा बनेको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विशेष सुचनाका आधारमा धनगढी सडकखण्डस्थित सुखिपुर गाविस वडा नम्बर ७ हाल सुखिपुर नगरपालिका वडा नम्बर ९ दैहिपौडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बाँया हातमा त्रिशुल र कमण्डल बोकेका सदायको काँधमा झुण्डिएको रातो रंगको झोलाबाट दुई थान कटुवा पेस्तोल र एउटा शंख बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु बिगत ८ वर्ष देखी भारतीय बजारबाट हतियार भित्राउँदै सिरहा लगायत आसपासका जिल्लाहरुमा बिक्रि बितरण गर्ने कार्यमा सक्रिय रहेको तथा लागुऔषधको कारोबारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ ।
हतियार कारोबारीमा संलग्न यादवले कसैले शंका नगरोस् भनेर हतियार ओसार पसारकालागी त्रिशुलधारी बाबाको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले हतियार तस्करी गर्ने नँया तरिकाको रहस्य खुलेको सिरहा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ