News Category 2070/05/17
एमालेले उम्मेदवारको टुङ्गो लगायो
दैनिक संवाददाता
राजविराज, १६ भदौं ।
आगामी संविधानसभा निर्वाचनका लागि नेकपा एमाले सप्तरीले जिल्लाको ६ वटै क्षेत्रमा आफ्नो उम्मेदवारको नाम सिफारिश गरेको छ ।
उम्मेदवारको नाम तय गर्नका लागि बसेको वैठकले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ क्रमशः उषा पोखरेल, सुमनराज प्याकुरेल, र वसन्त मिश्रको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ सत्यनारायण मण्डल र सरिता गिरीको नाम सिफारिश गरेको छ ।
यसैगरी क्षेत्र नं. २ मा शैलेन्द्रचन्द्र झा, शोभितलाल यादव र सावित्री रामको नाम सिफारिश भएको छ भने समानुपातिकतर्फ राजाराम यादव, रामसेवक पघैया, देवनाथ यादव, माधवी साह, लक्ष्मण मण्डल र विश्वनाथ यादवको नाम सिफारिश गरेको छ ।
यस्तै क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ प्रतापनारायण चौधरी, निर्मल यादव र मन्जु साहको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ मनोहर पोखरेल र जयप्रकाश ठाकुरको नाम सिफारिश गरेको छ ।
क्षेत्र नं. ४ बाट अध्यक्ष ताराकान्त चौधरी, जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर र बिन्दु यादवको नाम प्रत्यक्षतर्फ सिफारिश भएको छ भने समानुपातिकतर्फ रामलखन मुखिया र रामेश्वर मण्डलको नाम सिफारिश भएको छ ।
यस्तै क्षेत्र नं. ५ मा प्रत्यक्षतर्फ गोबिन्द न्यौपाने, महेश यादव र जसोमतीदेबी साह तथा समानुपातिकतर्फ दुर्गानन्द सदा, रामभजु यादव र राजेन्द्र साहको नाम सिफारिश गरेको छ भने क्षेत्र नं. ६ मा बृजनारायण साह, शोभानन्द राय र मदन साहको नाम प्रत्यक्षमा सिफारिश गरेको छ । त्यस्तै समानुपातिकतर्फ बिल्टु दास र हेमनारायण चौधरीको नाम सिफारिश गरेको छ ।
आगामी मंसीर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावअघि पार्टीका सबै उम्मेदवारको सिफारिसका लागि पार्टी केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार शनिबार क्षेत्रीय भेला आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ