News Category 2073/01/07
संघीय गठबन्धनद्वारा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
गठबन्धनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजना गरेको संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा काठमाडौ केन्द्रीत आन्दोलनको समर्थनमा हिमाल, पहाड़ र तराईको जनता पनि उठ्नु पर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओली सरकार माफिया तन्त्रहरुको र कालाबजारी गर्नेहरुको हो आम जनताको सरकार नरहेका प्रष्ट पार्नुभयो ।
उहाँले राज्यको नश्लवादी चिन्तनले गर्दा मुलुकलाई आर्थिक, समाजिक तथा हरेक ढंगले बर्बाद पारेको छ भन्ने आरोप लगाउँदै विभेदकारी र प्रतिगमनकारी संविधान रहेको भन्दै प्राप्त अधिकारलाई पनि कटौती गरेको कुरा भन्दै यादवले आन्दोलनको कार्यक्रम बनाएर काठमाडौँ सिंहदरवारलाई हलाउने खालको आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा बक्ताहरुले अबको आन्दोलन काठमाडौँ केन्द्रित र सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रममा विखण्डन रोक्न विभेदको अन्त्य हुन जरूरी रहेको औंल्याइएको छ ।
वर्तमान सरकार गणतन्त्र विरोधी, धर्म निरपेक्षता र संघियता विरोधी रहेको सरकार जनताको भावना विपरीत संविधान लाद्न खोजीरहेको अध्यक्ष यादवले वताउनुभयो । सरकारको राष्ट्रवाद नश्लवादी राष्ट्रवाद र नश्लवादी राष्ट्रवादले जहिले पनि अरूलाई विखण्डकारी देख्ने गरेको आरोप समेत लगाइएको छ । शाषकहरुको राष्ट्रवाद भन्दा पनि हलो जोत्ने किसानमा बढि राष्ट्रवाद रहेको वताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ