News Category 2073/01/08
प्रत्येक दिन ४ देखि ६ वटा दुर्घटनामा एकको मृत्यु ः क्षेत्रिय ट्राफिक
दैनिक समाचारदाता
राजविराज, ७ वैशाख ।
पूर्वाञ्चलमा सडक दुर्घटनामा प्रत्येक दिन ४ देखि ६ वटा दुर्घटनामा कम्तिमा एक जनाको मृत्यु हुने गरेको छ । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् ।
पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पाँच वर्षको अवधिमा यस क्षेत्रमा ८ हजार १ सय ३० वटा सवारी दुघर्टना भएका छन् भने १ हजार ६ सय ६२ ले ज्यान गुमाएका छन् ।
पाँच वर्षको अवधिमा ६ हजार ९ सय ९७ वटा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
ट्राफिक प्रहरीका अनुसार प्रत्येक वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० देखि ३० प्रतिशतका दरले बढिरहेको छ । पुर्वाञ्चलका १६ जिल्लामध्ये तराईका जिल्लामा छाडा चौपाया सवारी दुर्घटनाको मुख्य कारक बनिरहेका छन् ।
मोरङ, सुनसरी, सप्तरी र सिराहामा सवारी दुर्घटना संख्या अधिक छ भने ज्यान गुमाउनेको सख्या पनि पहाडी जिल्लाको अनुपातमा अत्यधिक छ ।
स्थानीयले चरणका लागि छोडिएका छाडा चौपाएका कारण यहाँ ६० प्रतिशत दुर्घटना हुने गरेको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी उपरीक्षक पवनकुमार गिरीले बताउनुभयो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्ष ०७२र०७३ को ९ महिनामा पूर्वाञ्चलमा १ हजार १ सय ९३ वटा सवारी दुर्घटना भएकोमा २ सय ३८ जनाको ज्यान गएको छ ।
साउनदेखि चैत मसान्तसम्म १ हजार ५३ मोटरसाइकल दुर्घटना भएका छन् । गत आर्थिक वर्ष ०७१ र ०७२ मा पूर्वाञ्चलमा १ हजार ७ सय १६ वटा सडक दुर्घटना भएकोमा ४ सय ३४ जनाको ज्यान गएको थियो ।
यस्तै ०७० र ०७१ मा १ हजार ९ सय ५९ सडक दुर्घटनामा ३ सय ८८ जनाको ज्यान गएको थियो भने ०६९ र ०७० मा १ हजार ३ सय ३५ दुर्घटनामा ३ सय ६५ को मृत्यू भएको थियो । आर्थिक वर्ष ०६८ र ०६९ मा १ हजार ३ सय सडक दुर्घटनामा २ सय २८ जनाको ज्यान गएको थियो ।
पूर्वी नेपालमा १ सय २० स्थानमा बढि दुर्घटना भएको पाइएको छ । पहाडी जिल्लाको तुलनामा तराईका पाँच जिल्ला सबैभन्दा बढी दुर्घटनाग्रस्त बनेका छन् । सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा मात्र ९३ वटा स्थान अत्यधिक दुर्घटनाग्रस्त भनेर ट्राफिक प्रहरीले वर्गीकरण गरेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा मोरङमा ३ सय ५ दुर्घटना भएका छन् । ०७२ साउनदेखि चैत मसान्तसम्मको अवधिमा भएका ती दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी प्रमुख धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
यो दुवै संख्या पुर्वी नेपालमा सबैभन्दा वढी हो । आर्थिक आर्थिक वर्ष ०७१र०७२ मा मोरङमा तीन सय ३४ वटा सवारी दुर्घटना भएको र १ सय २ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्गमा देखिन्छ । मोरङमा पनि सबैभन्दा बढी दुई पांग्रे सवारी साधन बढी दुर्घटनामा परेका छन् ।
पूर्वाञ्चलको सडकमा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको जनशक्ति अभाव छ । पूर्वाञ्चलका ८२ स्थानमा मात्र ट्राफिक प्रहरीले ड्यूटी गर्दै आएको छ ।
कुल २ सय ४० स्थानमा ड्यूटी आवश्यक रहे पनि १ सय ५८ स्थानमा जनशक्ति व्यवस्थापन गर्न नसकिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक पवनकुमार गिरीले जानकारी दिनुभयो ।
पूर्वाञ्चलमा ट्राफिक प्रहरीको अभावमा हाल एक ट्राफिक प्रहरीले २५ किलोमिटर सडक हेर्नुपर्ने अवस्था रहेको छ । पूर्वाञ्चलमा कुल १ हजार २ सय ५६ किलोमिटर कालेपत्रे सडक, ३ हजार ५ सय ३३ किलोमिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलोमिटर ग्राभेल सडक रहेको छ ।
मेची, कोशी र सगरमाथा अञ्चल कार्यालयमा दर्ता भएका ३ लाख ८४ हजार ९ सय ६० सवारी साधन रहेका छन् । यहाँ अन्यत्र दर्ता भएर आएका सहित पाँच लाखको संख्यामा सवारी साधन रहेको अनुमान छ । अनलाइनखबरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ