News Category 2073/01/09
जेठ १ देखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी
दैनिक समाचारदाता
काठमाडौं, ८ बैशाख ।
मधेसी दलहरुको संयुक्त गठबन्धन ‘संघीय गठबन्धन’ले अब राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ ।
२७ दल सम्मिलित गठबन्धनले आगामी जेठ १ गतेदेखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।
तराई केन्द्रित आन्दोलन गर्दा सरकार र तीन दलबाट कुनै सुनुवाई नभएको भन्दै गठबन्धनले अब उपत्यका केन्द्रित आन्दोलन गर्न लागेको एक नेताले बताएका छन् । ती नेताका अनुसार बैशाखभरी पनि गठबन्धनका विभिन्न किसिमका दवावमुलक कार्यक्रम हुनेछन् ।
जसअनुसार बिहिबार गठबन्धनले राजधानीको ¥याडिसन होटलमा विदेशी कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैछ । यस्तै १५ गते जिल्लाका सिडियो मार्फत प्रधानमन्त्रीलाई आफूहरुको मागबारे ज्ञापनपत्र बुझाइने छ भने २१ देखि २७ सम्म सम्पूर्ण सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने कार्यक्रम रहेको छ ।
यद्यपी गठबन्धनको शुक्रबार बस्ने बैठकले आन्दोलनका कार्यक्रमबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए । उनका अनुसार आन्दोलनका कार्यक्रम तय गर्नका लागि एक समिति समेत गठन गरिएको छ । समितिमा २७ दलका एक–एक प्रतिनिधि रहेको छ ।
गठबन्धनको बुधबारको बैठकबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएपनि सो कार्यक्रम शुक्रबारसम्मका लागि सारिएको गठबन्धनका नेता शरदसिंह भण्डारीले बताउनुभयो ।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूहरुको आन्दोलन जारी रहेको र अब आन्दोलनलाई राष्ट्रव्यापी बनाउन लागिएको बताउनुभयो । ‘मधेस केन्द्रित आन्दोलन गर्दा क्षेत्रीयतावादीको आरोप लगाइयो र राज्यबाट सुनुवाई पनि हुन सकेन’, उनले भने, ‘राज्यलाई दवाव दिने उद्देशयले अब उपत्यकालाई केन्द्रित गर्दै राष्ट्रव्यापी आन्दोलन गर्न लागेका छौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ