News Category 2073/01/10
घर, चर्पी र ट्युवेल लगाइदिने भन्दै ठगी गर्ने तीन प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ९ वैशाख ।
सप्तरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठगि गर्ने तीन जनालाई पक्राउ गरेको छ । सप्तरीको कंचनरुप नगरपालिकाबाट दुई तथा खडगपुरबाट एक जनालाई ठगि गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
सप्तरीसहित विभिन्न जिल्लामा सय जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा जिल्लाको वकधुवा गाविस ७ का ४१ वर्षीय मो। मन्जुर आलम र सोही ठाउँका ३६ वर्षीय मो। याकुव मियाँलाई पक्राउ गरिएको छ ।
कञ्चनरूप नगरपालिका ३ स्थित भडाहा गाउँको मुसहर बस्तीमा कुबेत देशको सहयोगमा मुस्लिम सुकुम्बासी आयोग केन्द्र काठमाडौँ मार्फत घर बनाइदिने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
उनीहरूबाट पासपोर्ट साइजको दुई÷दुई थान फोटो र घर बनाउने दुईवटा घरको चित्रसहित सादा पानामा भरिदिएको फाराम तथा ठगी गरेको रु २७ हजार बरामद गरिएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।
दुुवैजनाले कञ्चनरूप नगरपालिका–३ भडाहा गाउँका ६३ वर्षीय दुखनी देवी सदासहित १ सय ६० जनासँग विभिन्न शीर्षकमा करिब रु दुई लाख ५० हजारभन्दा बढी ठगी गरेको बताइन्छ । पक्राउ परेका दुवैजनाविरुद्ध ठगी मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
यस्तै बुधबार जिल्लाको खडगपुर गाविसका स्थानियहरुलाई साउदी अरबबाट अफर ल्याई घरमा एक–एक वटा चर्पी र टयुवेलको व्यवस्था मिलाई दिन्छु भन्दै गरेको अर्को ठगलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रति घर तीन सयका दरले रकम उठाउदै हिडेको अवस्थामा सप्तरीको कुशाहा ६ निवासी २५ वर्षिय सरिफ मियाँलाई खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई ठगी मुद्दा अन्र्तरगत थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ