News Category 2073/01/10
मोटरसाइकल र साइकल ठोकिदा एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको कन्चनपुरमा बुधबार राती मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ५४ प ६१४३ नम्बरको मोटरसाइकल र विपरित दिशाको साइकल कंचनरुप नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा साइकल पछाडी सवार बिजल सदाको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको छ । दुर्घटनामा साइकल चालक सप्तरी पोर्ताहा ८ बस्ने २० बर्षिय देवु सदा, मोटरसाइकल चालक झापा शनिश्चरे १ बस्ने २० बर्षिय सुजन लिम्बु र पछाडि सवार सोही स्थान बस्ने २० बर्षिय सब्दा मियाँ घाइते भएको प्रहरीले जनाएको छ ।
सदाको बिराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । साइकल र मोटरसाइकल इलाका प्रहरी कार्यालय ठेलियाको नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ