News Category 2070/05/18
उम्मेदवारीका लागि अवकाश प्राप्त कर्मचारी, व्यापारीदेखी बिभिन्न संघसंस्थामा क्रियाशिल रहेकाहरुको दौडधुप
नवीनकुमार गुप्ता
राजविराज, १७ भदौं ।
आसन्न संविधानसभा निर्वाचनमा आफ्ना उम्मेदवारीका लागि सप्तरीमा अवकाश प्राप्त कर्मचारी, व्यापारी, बिगतमा सशस्त्र भुमिगत समुहमा क्रियाशिलदेखी एनजिओकर्मी समेतले दौडधुप शुरु गरेका छन् ।
मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी सुनिश्चितताका लागि उहाँहरुले बिभिन्न राजनीतिक दलभित्र दौडधुप शुरु गरेका हुन् । उहाँहरुले आ–आफ्नो पेशा व्यवसायी केही दिनका लागि विश्राम दिएर अहिले उम्मेदवारीका लागि दौडधुपमा व्यस्त रहनुभएका छन् ।
यस्तो दौडधुपमा लाग्ने बढी व्यापारिक, शैक्षिक क्षेत्रमा लागेका र केही सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीहरु रहेका छन् ।
सप्तरीमा जन्मेका तर बाहिर जिल्लामा पेशा व्यवसायी गरेकाहरु पनि उम्मेदवारीका लागि बिभिन्न पार्टीभित्र तछाड मछाड गर्दै आएका छन् । अहिले उहाँहरु जिल्लादेखि केन्द्रिय नेताहरुलाई समेत आफ्ना उम्मेदवारी सुनिश्चितताका लागि दबाब दिदै आएका छन् ।
सप्तरी क्षेत्र नं. १ मा नेकपा एमालेबाट बिराटनगरमा सञ्चालित एमएम ष्लाष्टिक उद्योगका सञ्चालक समेत रहनु भएका एमाले नेता सुमनराज प्याकुरेल, काँग्रेसबाट कानुन व्यवसायी हेमनारायण चौधरी र क्षेत्र नम्बर २ मा सप्तरीका चर्चित ठेकेदार शेखर सिंहले उम्मेदवारीका लागि दौडधुप शुरु गर्नुभएको छ ।
यस्तै क्षेत्र नं. ३ मा तमलोपाबाट यूनिक एजुकेशनल एकेडेमी र युनिक अस्पताल राजविराजका सञ्चालक जयप्रकाश ठाकुर, नेपाली काँग्रेसबाट सेभ द सप्तरीका अध्यक्ष तथा नेपाली काँग्रेसमा क्रियाशिल धु्रब देव, जिल्ला जनस्वाथ्य कार्यालय सप्तरीबाट अवकाश प्राप्त कर्मचारी सत्यनारायण शर्मा, बिगतमा तराई सशस्त्र संघर्षरत समुहमा क्रियाशिल रही हाल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा प्रबेश गर्नुभएका राजीव झा लगायतकाले आ–आफ्नो नाम सिफारिस गर्न पार्टीभित्र दौडधुप गरिरहनु भएको छ ।
त्यसैगरि सप्तरी क्षेत्र नं. ४ मा मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट सहकारी आन्दोलनमा सक्रिय रहनु भएका ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजका अध्यक्ष तथा सञ्चारकर्मी सुखराम यादव, बिगतमा तराई सशस्त्र संघर्षरत समुहमा क्रियाशिल रही अहिले राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका बिरेन्द्र साह (क्रान्ति), गजेन्द्र कुमार मण्डल “अनुराग”, लाल अहमदले सोही पार्टीबाट उम्मेदवारीका लागि दौडमा रहेका छन् ।
सप्तरी क्षेत्र नं. ५ मा काँग्रेसको तर्फबाट ललितपुरस्थित नाइटेङ्गल बोर्डिङ्ग स्कुलका संचालक तेजुलाल चौधरी, सप्तरीका व्यापारी श्रीप्रसाद राउत र पार्टीका जिल्ला सचिव एवं अवकाश प्राप्त प्रअ सबुरलाल साहु, बिगतमा सशस्त्र संघर्षरत समुह त्यागेर सद्भावना पार्टीमा प्रवेश गरेका बिनय साह (अग्नि बिद्रोही), मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका तर्फबाट सडक विभाग काठमाडौंका डिभिजन इन्जिनियर पदबाट अवकाश प्राप्त कर्मचारी हरिकृष्ण भगतले पनि उम्मेदवारीका लागि दौडधुप जारी राखेका छन् ।
यस्तै सप्तरीको क्षेत्र नम्बर ६ मा दलित जनजाती पार्टीको तर्फबाट व्यापारी मो. इस्लाम मियाँले उम्मेदवारी दिने तयारीमा रहेको जनाएको छ ।
चर्चामा रहेका यी ब्यक्तिहरुले पार्टीभित्र उम्मेदवारीको दौडधुप मात्र जारी राखेका छैनन्, आफ्नो पक्षमा मत माग्न समेत जुटी सकेका छन् । उहाँले आफुहरु स्वच्छ छबिका उम्मेदवार भएकाले आफुहरुलाई उम्मेदवार बनाए चुनाव जित्ने दाबी समेत गर्दै आउनु भएको छ ।
बिगतमा तराईमा सशस्त्र संघर्ष समुह मार्फत सशस्त्र गतिबिधी गर्दै आएका जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सले पहिलो पटक निर्वाचन आयोगमा दल दत्र्ता गराएर निर्वाचनमा उम्मेदवारी दिन लागेको छ । टाइगर्सले तराई मधेशका २२ जिल्लामा पार्टीको तर्फबाट उम्मेदवारी दिने जनाएको छ ।
यसरी आसन्न निर्वाचनमा उम्मेदवारीको होडबाजी शुरु भएका पछि सप्तरीमा चुनाबी सरगर्मी बढ्दै गएको छ । अन्य पेशा र व्यवसायीमा लागेका व्यक्तिहरु निर्वाचनमा उम्मेदवारीका लागि दौडधुप जारी राखेकाले दलहरुलाई उम्मेदवारीको टुङगो लगाउने काम जटिल बनेको छ ।
सप्तरीको ६ वटा निर्वाचन क्षेत्र मध्ये अघिल्लो संबिधानसभामा पनि क्षेत्र नम्बर १ र ५ मा व्यापारीकै रुपमा परिचित हेमराज तातेड र सदरुल मियाँ हकले चुनाव जित्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ