News Category 2073/01/14
विद्यालय शान्ति क्षेत्र घोषणा हुँदा समेत कार्यान्वयन हुन नसक्नुमा दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको शिक्षालाई गुणस्तरीय तथा विद्यालयलाई शान्ति क्षेत्र घोषणा पश्चात् त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
शिक्षा पत्रकार समुहको आयोजनामा सोमबार राजविराजमा आयोजित जिल्ला स्तरीय विद्यालय शान्ति क्षेत्र सम्बन्धि छलफल कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष परसुराम यादवले जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका कारण शान्ति क्षेत्र कार्यान्वयन हुन नसकेको बताउँदै प्रअ र समितिबीच विभिन्न मुद्दाहरुमा जहिले पनि विवाद हुदै आएकोप्रति सरोकारवालाहरु त्यसतर्फ गम्भिर हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एक पक्ष विजयी भएपनि दोश्रो पक्ष त्यसको बाधक हुने गरेकोले विद्यालय शान्ति क्षेत्र कायम हुन नसकेको आरोप लगाउनुभयो । त्यस्तै शिक्षक महासंघका उपाध्यक्ष निलम मिश्राले भविष्यका कर्णाधार मानिने बालबालिकाहर अध्ययन गर्ने विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने प्रतिवद्धता सरोकारबालाहरुले जनाएपनि सम्बन्धित पक्षबाटै त्यसको उल्लघंन हुने गरेको आरोप लगाउनुभयो ।
छलफलमा अधिकांश वक्ताहरुले विद्यालयलाई शान्ति क्षेत्र घोषणा भएको पाँच वर्ष बितिसक्दा समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको प्रति जिल्ला शिक्षा कार्यालय र त्यससँग सरोकार राख्ने निकाय नै जिम्मेबार भएको आरोप लगाउँदै कार्यान्वयन हुन नसक्नुमा दुःख व्यक्त गरेका छन् ।
सो छलफलमा जिल्ला शिक्षा कार्यालयका विजय मण्डल, विद्यालय निरीक्षक भोगेन्द्र यादव, बरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्राई, जितेन्द्र कुमार झा, माला कर्ण, ओम प्रकाश साह, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, नगर बाल क्लवका अध्यक्ष अमर कुमार यादव सहितकाहरुले विद्यालय शान्ति क्षेत्र हुनुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ