News Category 2073/01/16
मधेशमा दुई स्वायत्त प्रदेशको माग राख्दै गठबन्धनले बुझायो २६ बुँदे ज्ञापन, मधेशी मोर्चाले पनि समावेश ग¥यो १० बुँदे माग
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
नेपालमा जारि नयाँ संविधानले अन्तरिम संविधान २०६३ को धारा १३८, १ (क) को मार्गनिर्देश तथा सम्माननीय सर्वोच्च अदालतको फैसला समेतको उल्लङ्घन गरेको भन्दै विभिन्न २७ वटा पार्टी सम्मिलित गठन भएको संघीय गठबन्धनले बुधबार मु्लुकको ७५ वटै जिल्लास्थित प्रशासन कार्यालय मार्फत मधेशमा दुई स्वायत्त प्रदेशको माग गर्दै २६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सप्तरीमा भने मधेशी मोर्चाले २६ बुँदे माग बाहेक आफ्नो स्थानिय स्तरको १० बुँदे माग पनि सोही ज्ञापन मार्फत प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको संघीय गठबन्धनको अगुवाईमा निस्केको जुलुस जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेर ज्ञापन बुझाएको हो ।
सोही अवसरमा मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलले २६ बुँदे र स्थानिय स्तरका १० बुँदे मागसहितको ज्ञापन सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई बुझाउनुभयो । ज्ञापन बुझ्दै प्रजिअ गौतमले सम्बन्धित निकायसम्म पु¥याइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताललाई व्यवस्थित गर्नुपर्ने, राजविराज एयरपोर्ट यथासिघ्र संचालन गर्नुपर्ने, हुलाकी राजमार्गको यथासिघ्र निर्माण कार्य सुरु हुनुपर्ने, सप्तरी सदरमुकाम राजविराजलाई पहाड र भारतको बोर्डरसम्म जोड्नका लागि कुनैली राजविराज, रुपनी गाइघाट सडक निर्माण कार्य अविलम्ब संचालन गर्नु पर्ने, गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्र संचालन हुनुपर्ने, विद्युतीय लोडसेडिङको अन्त्य हुनुपर्ने, कृषि खेतीको लागि सिंचाई, मल खाद्य, बिऊ बिजन समेत सवंसुलभ तरीकाबाट उपलब्ध हुनुपर्ने, प्रहरी प्रशासनको आतंक सीमा क्षेत्रका गाविसहरुमा बन्द गरिनु पर्ने, सप्तरी जिल्लामा रहेका सरकारी, अर्धसरकारी तथा निजि क्षेत्रका संघसंस्थाहरुमा हुने गरेको भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा राजविराजस्थित बस स्टेण्डको निर्माण कार्य अविलब्ध पुरा गराई बस, म्याजिक र माइक्रो स्टेण्डलाई व्यवस्थित गर्नुपर्ने जिल्लास्तरिय मागहरु ज्ञापनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ