News Category 2073/01/16
सुनचाँदी प्रकरणमा दुई प्रहरीलाई कारवाही दुई जवानमाथी कारवाहीको प्रक्रिया बढाइयो
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सप्तरीका एक असई र एक जवानलाई कार्वाही गरेको छ ।
व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गरेको भन्दै सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले जानकारी दिनुभएको छ ।
सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० तोला सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री ल्याइरहेको अवस्थामा राजविराजको रुपनी मोडबाट सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले पक्राउ गरी कसैलाई जानकारी नदिई आफैँ बाँडेर अनियमितता गरेको आरोपमा उनीहरूमाथि कार्वाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरू बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ ।
राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ