News Category 2073/01/16
सरकारले कालोबजारीलाई प्रोत्साहन दिइरहेको छ ः पूर्व गृहराज्य मन्त्रि चौधरी
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
पुर्व गृहराज्य मन्त्री तथा नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य राम कुमार चौधरीले वर्तमान सरकारले नै मुलुकमा कालोबजारीलाई प्रोत्साहन दिइरहेको आरोप लगाउनु भएको छ ।
नेपाली काग्रेस क्षेत्र न. ३ क्षेत्रिय समितिद्वारा बुधबार आयोजित नयाँ बर्ष २०७३ शुभकामना अदान प्रदान तथा शुभारम्भ बैठक एंव परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि चौधरी सो आरोप लगाउँदै मुलुक अहिले कालोबजारी कै भरमा चलिरहेको बताउनुभयो ।
उहाँले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक हो भन्नुहुँदै त्यसलाई एकरुपतामा ल्याउन नव निर्वाचित जिल्ला कार्यसमितिलाई मेल मिलाप कार्यक्रमलाई अगाडी बढाउन आग्रह गर्नु भयो ।
नेपाली काग्रेस सप्तरीका सभापति तथा कार्यक्रमका विशिष्ठ अतिथि दिनेश कुमार यादव २०७० सालदेखि निरन्तर दिदै २०७२ सालमा नेपाली काग्रेसले नै संविधान जारी गरियो र कार्यान्वय पनि काग्रेसले नै गर्ने बताउनु भयो ।
नेपाली काग्रेस सप्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षता सम्पन्न शुभारम्भ बैठक एंव परिचयात्मक कार्यक्रममा पार्टीका जिल्ला सचिव राम कुमार यादव, कोषाध्यक्ष शिव नारायण चौधरी, क्षेत्र नं. २ का क्षेत्रिय सभापति बद्री नारायण महत्मान यादव, क्षेत्र नं. ४ का सभापति राम प्रसाद मंडल, नेपाल पत्रकार महासंघका पुर्व सभापति धीरेन्द्र प्रसाद साह, नेता सतिष चन्द्र झा, अर्जुन प्रसाद साह, महिला संघ सप्तरीका सभापति गीता यादव, मालती चौधरी, नेपाल प्रेस युनियन शाखा सप्तरीका अध्यक्ष ओम प्रकाश शाह, नन्दकिशोर यादव, ललन प्रभात साह, शिव चरण मंडल लगायतले नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ