News Category 2073/01/16
सरकारले कालोबजारीलाई प्रोत्साहन दिइरहेको छ ः पूर्व गृहराज्य मन्त्रि चौधरी
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
पुर्व गृहराज्य मन्त्री तथा नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य राम कुमार चौधरीले वर्तमान सरकारले नै मुलुकमा कालोबजारीलाई प्रोत्साहन दिइरहेको आरोप लगाउनु भएको छ ।
नेपाली काग्रेस क्षेत्र न. ३ क्षेत्रिय समितिद्वारा बुधबार आयोजित नयाँ बर्ष २०७३ शुभकामना अदान प्रदान तथा शुभारम्भ बैठक एंव परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि चौधरी सो आरोप लगाउँदै मुलुक अहिले कालोबजारी कै भरमा चलिरहेको बताउनुभयो ।
उहाँले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक हो भन्नुहुँदै त्यसलाई एकरुपतामा ल्याउन नव निर्वाचित जिल्ला कार्यसमितिलाई मेल मिलाप कार्यक्रमलाई अगाडी बढाउन आग्रह गर्नु भयो ।
नेपाली काग्रेस सप्तरीका सभापति तथा कार्यक्रमका विशिष्ठ अतिथि दिनेश कुमार यादव २०७० सालदेखि निरन्तर दिदै २०७२ सालमा नेपाली काग्रेसले नै संविधान जारी गरियो र कार्यान्वय पनि काग्रेसले नै गर्ने बताउनु भयो ।
नेपाली काग्रेस सप्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षता सम्पन्न शुभारम्भ बैठक एंव परिचयात्मक कार्यक्रममा पार्टीका जिल्ला सचिव राम कुमार यादव, कोषाध्यक्ष शिव नारायण चौधरी, क्षेत्र नं. २ का क्षेत्रिय सभापति बद्री नारायण महत्मान यादव, क्षेत्र नं. ४ का सभापति राम प्रसाद मंडल, नेपाल पत्रकार महासंघका पुर्व सभापति धीरेन्द्र प्रसाद साह, नेता सतिष चन्द्र झा, अर्जुन प्रसाद साह, महिला संघ सप्तरीका सभापति गीता यादव, मालती चौधरी, नेपाल प्रेस युनियन शाखा सप्तरीका अध्यक्ष ओम प्रकाश शाह, नन्दकिशोर यादव, ललन प्रभात साह, शिव चरण मंडल लगायतले नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ