News Category 2073/01/17
प्रअले रकम लिएर शिक्षक नियुक्ति गरे ः व्यवस्थापन अध्यक्ष
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले चार लाख रकम लिएर सो विद्यालयमा राहत दरबन्दीमा शिक्षक नियुक्ती गरेको आरोप लगाउनु भएको छ ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले गत पुस महिनामा विद्यालयमा राहत दरबन्दीको शिक्षक नियुक्ति सम्बन्धि सम्पूर्ण निर्णयहरु भइसकेको तर हालसम्म सो पदका लागि सूचना, परिक्षा जस्तो प्रक्रिया समेत नगरि शिक्षक नियुक्ती गरिएको आरोप लगाउनुभयो ।
उहाँले विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादव, सोही विद्यालयका शिक्षक बद्री साह र जिल्ला शिक्षा कार्यालयको मिलोमतोमा आफूलाई कुनै जानकारी नदिएरै सप्तरीको नर्घो निवासी सुनिता यादवलाई राहत दरबन्दीमा शिक्षक नियुक्त गरेको आरोप लगाउनुभयो ।
शिक्षक नियुक्तिको प्रक्रिया सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सप्तरीमा निवेदन दिँदा समेत कार्यालयले नियुक्ति सम्बन्धमा अदालत बाहेक कसैलाई जानकारी दिन नमिल्ने जवाफ दिएको अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले शिक्षक नियुक्ति बदर गर्न अब अदालतमा निवेदन दिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ