News Category 2073/01/17
इन्जिनियरिङ्ग छोडेर पूर्वको सांगीतिक क्षेत्रमा जम्दै गायक विवेक
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत नाम हो, निखिल राउत अर्थात बिबेक यादव । सानै उमेरबाट आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विवेक मोरंगको बिराटनगरमा रहेर सांगीतिक क्षेत्रमा संघर्ष गर्दैछन् ।
सप्तरीको रायपुर गाविसको रुपनी बजार हाल शम्भुनाथ नगरपालिका १ मा वि.स. २०५० सालमा जन्मिएका विवेक सानै उमेरदेखी गित संगित प्रती अथाह रुचि भएको बताउँछन । गायक बन्ने सपना संगालेर गुनगुनाउँदै यादव २०६७ सालमा विराटनगरका संगीतकार सुधिर साहीको साथ पाएर औपचारिक रूपमा गायक बने । उहाँ संगीतकार सुधिर साही लाई गुरु मान्छन । साहिसंग नै विराटनगर स्थित उहाँकै घरमा संगितको प्रशिक्षण लिएको उहाँ बताउँनुहुन्छ ।
करिब ४ वर्ष निजकै घरमा संगितको प्रशिक्षण लिएपछि उहाँले २०७२ सालमा पहिलो पटक गित रेकर्ड गरे । उहाँकै शब्द र भावना घिमिरेको शब्द तथा सुधिर साहिको संगीतमा कहाँ हरायौ तिमि मेरो दिल तोडी ‘र बेचैनी ले बढ्छ धड्कन‘ बोलको गीतमा उनले पहिलोपटक स्वर भरेका हुन ।
त्यस यता स्टेज शो र अन्य कार्यक्रमहरुमा आफ्नो प्रतिभा पस्किंदै आएका राउत भर्खरै आफ्नो पहिलो एकल एल्बम “दिल को उपहार” सार्वजनिक गरेका छन । हालसम्म ५ वटा आधुनिक गितहरु संग्रहित उहाँको एल्बममा चर्चित गायिका सिर्जना कार्की समेत साथ दिएकी छिन । एल्बममा निखिल राउत, भावना घिमिरे र मिनकुमार नवदितको शब्द रहेको छ भने सुधिर साही र नितिन गजुरेलले संगीत भरेका छ्न ।
नेपाली सांगीतिक क्षेत्रमा केही नयाँपन पस्कने सोच सहित संघर्ष गरिरहेको यादव बताउँछन् । भविष्यमा यहि क्षेत्रमा केही गरेर देखाउने उहाँको सोच रहेको छ । उनी अहिले पुर्वको विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त छ्न । यादवको साउन ७ गते बिराटनगरमा एकल साँझ हुदैछ । हँसिलो स्वभावका यी गायक बेलाबेला सबैलाई हँसाई रहन्छ्न । नेपाली सांगीतिक बजार खस्किएको बेला पनि नयाँ जोश र उत्साह लिएर केही गर्ने सोच सहित संघर्ष गर्दै गरेका यस्ता प्रतिभाहरुको प्रोत्साहन गर्न आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ