News Category 2073/01/21
रायपुरलाई जेठ २१ गते सम्म खुला दिशा मुक्त र पुर्णखोप युक्त गाविस घोषणा गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
सप्तरीको रायपुर गाविस ८ स्थित रुपनी बजारमा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सम्पन्न बैठकले रायपुर गाविसलाई अगामी जेष्ठ २१ गते सम्म खुला दिशा मुक्त र पुर्णखोप युक्त गाविस घोषणा गर्ने निर्णय गरेको छ ।
गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं गाविस सचिव युवराज रेग्मीको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा यस्तो निर्णय गरेको हो ।
उक्त बैठकमा जेष्ठ २१ गते रायपुर गाविसलाई खुला दिशा मुक्त घोषणा गर्ने, बैशाख २१ ग्ते माईकिङग गर्ने, बैशाख २२ गते देखि ३० गते सम्म घरदैलो कार्यक्रम गर्ने, जेष्ठ १ गते देखि ५ गते सम्म अनुगमन गर्ने र चर्पी नबनाउँने व्यक्तिलाई जेष्ठ ११ गते देखि सरकारको नीति नियम बमोजिम कानुनी कारवाही समेत गर्ने सो बैठकले निर्णय गरेको छ ।
सम्पन्न बैठकमा भिवास सिसिका अध्यक्ष रेगमीको नेतृत्वमा वाडा नं. १ का मिश्रिलाल यादव, २ का रितलाल यादव, ३ का हिरालाल मण्डल, ४ का जगदेव साह, ५ का गजेन्द्र चौधरी, ६ का भिखन यादव, ७ का कृष्णदेव यादव, ८ का हरेराम यादव र ९ का रुद्रदेव यादव खुला दिशा मुक्त अभियान समितिको लागि चयन गरिएका छन ।
सेभ द सप्तरीका अध्यक्ष ध्रवप्रसाद देव, ईलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज उमेश यादव, स्वास्थ्य चौकीका प्रमुख जागेश्वर खडका, साना किसान सहकारी संस्था रुपनीका प्रमुख घनश्याम यादव, ईन्जिनियर जगेन्द्र चौधरी, रायपुर गाविसका भुपु अध्यक्ष भगवानी प्रासद ईसर, निवर्तमान उपाध्यक्ष हिरालाल मण्डल लगायतका व्यक्तिहरु सो गाविसलाई खुला दिशा मुक्त बनाउँनुपर्नेमा जोड दिनुभयो ।
सो बैठकमा राजनीतिककर्मी, बुद्धिजिवी, युवा, महिला लगायत सयौ जनाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ