News Category 2073/01/20
नियमपूर्वक शिक्षक नियुक्ति गरेको प्रअको दाबी
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका प्रम रामचन्द्र यादवले व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले लगाएको आरोप निराधार रहेको बताउनुभएको छ । मधेशी पत्रकार समाजको कार्यालय राजविराजमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले शिक्षक नियुक्तिमा चार लाख रकम लिएको आरोप निराधार र षडयन्त्रपुर्ण रहेको दावी गर्दै रकम लिएर शिक्षक नियुक्ति नगरेको स्पष्ट पार्नुभयो छ ।
प्रअ यादवले शिक्षक नियुक्ति सम्पूर्ण प्रक्रिया पु¥याएर गरेको ठोकुवा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुधन यादवको विद्यार्थी सो विद्यालयमा नरहेकोले वैशाख १ गतेदेखि नै अध्यक्ष पदबाट स्वतः हटेको दावी समेत गर्नुभयो ।
त्यस्तै प्रअ यादवले अध्यक्ष यादवका छोरा रामेश्वर यादवले जिल्ला शिक्षा कार्यालयबाट सहयोग वापत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि आएको १३ लाख ५० हजारमा दुई लाख रकम माग गरेको आरोप लगाउनुभयो ।
यसअघि बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले गत पुस महिनामा विद्यालयमा राहत दरबन्दीको शिक्षक नियुक्ति सम्बन्धि सम्पूर्ण निर्णयहरु भइसकेको तर हालसम्म सो पदका लागि सूचना, परिक्षा जस्तो प्रक्रिया समेत नगरि शिक्षक नियुक्ती गरिएको आरोप लगाउनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ