News Category 2073/01/22
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न दुई स्थानमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यसैक्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–८ स्थित सुननही खोलाको पुलमा मंगलबार बिहान मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको मानराजा गाविस–२ बस्ने ३० वर्षीय मनोज दास रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका २५ वर्षीय देवचन्द्र झा गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २प २६२५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । दुर्घटनामा परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ ।
यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा मंगलबार दिउँसो माइक्रोले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आँउदै गरेको बा. ३ ख ८४६० नम्बरको माइक्रोले ठक्कर दिएर सप्तरी मधुपट्टी गाविस ९ का २६ वर्षिय धर्मेन्द्र चौधरी गम्भीर घाइते भएको तथा घाईते चौधरीको तत्काल स्थानीय अस्पतालमा उपचारको लागि लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगरतर्फ लगिदै गरेको अवस्थामा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने माइक्रो र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ