News Category 2073/01/23
जिल्ला साक्षर भएपनि नगरकै अधिकांश मुस्लिम महिलाहरु अझै निरक्षर
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सरकारले अर्बौ खर्बौ लगानी गरेर निरक्षरलाई साक्षर बनाउने अभियान संचालन गरेपनि सप्तरी सदरमुकाम राजविराज नगरपालिका २ का मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउने अभियान संचालन गरेपनि राजविराज नगरपालिका २ चनौरा पडरियाका मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेका हुन ।
त्यहाँका करिब सयौ मुस्लिम समुदायका महिलाहरु अहिले पनि शिक्षाको पहुँचबाट निकै टाढा रहेकी छिन । उनीहरुलाई आप्mनो नाम लेख्न नआएर अझै औठा छाप नै गर्ने गरेका छन् ।
मदरसा आशिनिया दारुल उलुम राजविराज नगरपालिका २ चनौरामा आयोजित छात्रबृति तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु आप्mनो नाम लेख्न सकेनन् । कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु नाम र सही नगरी औठा छाप नै लगाए ।
स्थानीय जहिदा खातुन भन्छिन, “सुरुदेखी पढ्न नपाए पनि सरकारले समेत संचालन गरेको साक्षरता अभियानमा जानकारी नपाएर पढ्नबाट छुटे” ।
सो कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु मध्ये एक दुई जना बाहेक अन्य सबै जनाले औठा छाप नै गरेको मदरसाकी प्रअ खजिरा खातुनले बताईन । उहाँका अनुसार यहाँका मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट निकै टाढा रहेकी छिन । उहाँहरुका श्रीमान् बैदेशिक रोजगारमा रहेका छन भने घरमा महिलाहरु त्यतिकै घरकै काम काजमै सीमित रहेकाले यहाँका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
यसैबिच मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेकोमा चिन्ता ब्यक्त गर्दै मुस्लिम अगुवा तथा मदरसा आशिनिया दारुल उलुम राजविराजका अध्यक्ष आसिन मियाँले घर नजिकै मदरसा संचालनमा आएपछि यहाँका मुस्लिम सामुदायका बालबालिकाहरु पनि शिक्षामा पहुँच बढ्दै गएकोमा खुशि ब्यक्त गर्दै मुस्लिम समुदायका महिलाहरु शिक्षाको पहुँचबाट निकै टाढा रहेकोमा दुःख समेत ब्यक्त गर्नुभयो ।
यता जिल्ला शिक्षा कार्यालयले सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउनका लागि झण्डै ५ करोड भन्दा बढी बजेट सकिएपनि जिल्लाका अधिकांश ग्रामिण भेगका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहनुका साथै निरक्षर नै रहेकोमा सरोकारबालाहरुले चिन्ता ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ