News Category 2073/01/23
सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई ल्यापटप वितरण
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
जिल्ला विकास समिति सप्तरीले बुधबार एक कार्यक्रमबीच सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई एक थान ल्यापटप वितरण गरेको छ ।
योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले जिल्लाको १५ वटा गाविसका सचिव तथा कोचलाई संयुक्त रुपमा एक एक थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।
सो कार्यक्रममा बोल्दै जिल्ला विकास समिति सप्तरीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी नतिजा ल्याउनेतर्फ सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै जिविसका कार्यक्रम अधिकृत नवराज खड्काले कार्यक्रमले लिएको लक्ष्य हासिल गर्न गाविस सचिव र कार्यक्रमका कोचले समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुनौलो हजार दिन कार्यक्रमका अनुगमन तथा मूल्यांकन विज्ञ अशोक यादव, जिविसका गंगाराम साह, सुनौलो हजार दिन कार्यक्रमका आयोजना संयोजक रमेश यादव, गाविस सचिवहरु केशव झा, संजय राम र राजुकुमार झाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सुनौलो हजार दिन कार्यक्रमका सुपरभाइजर विजय रत्न श्रेष्ठले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ