News Category 2073/01/24
खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात ः राखेप सदस्य सचिव विष्ट
दैनिक समाचारदाता
राजविराज, २३ वैशाख ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर विष्टले क्रिकेट एशोशिएसन अफ नेपाल (क्यान) को विवाद कुनै नयाँ नभएर पुरानै भएको बताउनु भएको छ ।
आइसीसीले क्यानलाई निलम्बन गरेको कुरा अहिले आएर सार्वजनिक मात्र भएको तर आइसीसीले सन् २०१४ देखी नै क्यानलाई दिँदै आएको सम्पूर्ण अनुदानको रकम रोक्का गरेको खुलासा गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा शुक्रबारदेखी चार दिनसम्म राजविराजमा सुरु हुन लागेको “जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” मा सहभागि हुन आउनु भएका सदस्य सचिव विष्टले बिहीबार जिल्ला खेलकुद विकास समिति सप्तरीमा सम्पूर्ण प्रशिक्षक तथा कार्यालय प्रमुखलाई निर्देशन दिँने क्रममा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुराको खुलासा गर्नुभएको हो ।
उहाँले क्यानको विवाद समाधानका लागि राखेप लागि परेको जानकारी दिँदै क्यानका दुई समिति मध्ये एक समितिले अदालतमा दिएको मुद्दा फिर्ता नभएसम्म राखेपले विवाद समाधानका लागि कुनै पहल गर्न नसक्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो ।
“जबसम्म अदालतमा मुद्दा दिएको पक्षले मुद्दा फिर्ता गर्दैन, तबसम्म राखेप केही बोल्ने अवस्था छैन, राखेपले अदालतको कुरामा हस्तक्षेप गर्न मिल्दैन् ।” उहाँले भन्नुभयो, “मुद्दा फिर्ता लिने बितिक्कै राखेप दुबै समितिलाई बसाएर कुरा गर्ने र आइसीसीलाई एउटै क्यान बनाउन आग्रह गर्दै नयाँ निर्वाचन गराउने तर्फ लाग्ने छ ।”
आइसीसीले दिएको अनुदानको रकम हिनामिना भएको र बारम्बार राखेप र क्यानलाई सो रकम सम्बन्धमा सचेत गराउँदा समेत कुनै सुनुवाई नभएपछि आइसीसीले बाध्य भएर क्यानलाई निलम्बन गराएको सदस्य सचिव विष्टले अवगत गराउनुभयो ।
त्यस्तै खेलकुद पदकका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि अति आवश्यक रहेको भन्दै उहाँले सप्तरीबाटै जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात भएको स्पष्ट पार्नुभयो । उहाँले खेलकुदले स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता, पर्यटन, भाइचार लगायतमा निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
शुक्रबारदेखी सुरु हुन लागेको सो योग शिविरमा रामदेव स्वामीका समकालिन डा. शिवराज कार्की मुख्य प्रशिक्षक तथा चार जना अन्य प्रशिक्षकहरुले जेष्ठ नागरिकहरुलाई प्रशिक्षण दिने उहाँले जानकारी दिनुभयो ।
यसैगरि उहाँले सप्तरीको खेलकुद विकासमा राखेपले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राजविराजस्थित रंगशालाको पुनःनिर्माणका लागि स्टिमेटको कार्य भइरहेको र चाडै नै रंगशाला निर्माणका लागि स्टिमेट अनुसार बजेट निकासा हुने जानकारी दिनुभयो ।
सोही क्रममा जिल्लाका विभिन्न खेलका प्रशिक्षकहरुले खेलकुदका क्रममा आउने विभिन्न समस्याहरु बारे सदस्य सचिव विष्टलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
उहाँले जिल्लामा अगाडी बढ्न नसकेका खेलहरुलाई मध्यनजर गर्दै ती खेलहरुलाई अगाडी कसरी बढाउने तर्फ सम्पूर्ण प्रशिक्षकहरुलाई सुझाव दिन आग्रह गर्दै आवश्यक परे ती खेलहरुको प्रशिक्षक र पूर्वाधार निर्माणका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सदस्य सचिव विष्टले अबको एक महिनाभित्र लामो समयदेखी एउटै जिल्लामा बसेर प्रशिक्षक रहेका सम्पूर्ण प्रशिक्षकहरुको पहिचान गरि कम्तिमा ६ महिनादेखी एक वर्ष सम्मका लागि अन्यत्र जिल्लामा सरुवा गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँले हाल १९ जिल्लामा प्रशिक्षक नरेहको तथा ३५ जिल्ला कार्यालय प्रमुख बिहीन रहेको बताउँदै त्यस्ता जिल्लाहरुमा समेत प्रशिक्षक र प्रमुखलाई स्तान्तरण गर्न राखेपले कदम चालेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ