News Category 2073/01/25
तेरहौता खुल्ला दिशामुक्त गाविस घोषणा हुने
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
सप्तरीको तेरहौता गाविस बैशाख महिना भित्रमा खुल्ला दिशामुक्त गाविस घोषणा हुने निश्चित भएको छ ।
गाबिसको बिभिन्न वडामा पुगी चर्पी अनुगमन गरी फर्केको जिल्ला स्तरीयटोली सहितको भिवास सिसीको बैठकले बैशाख ३१ गते तेरहौतालाई खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको जनाएको छ ।
अनुगमन टोलीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख सिनियर ईन्जीनियर लोकेन्द्र यादब, जिल्ला बिकास समिती सप्तरीका कार्यक्रम अधिकृत सुभास मण्डल, युएन ह्याबीट्याट सप्तरी संयोजक हरि बुढाथोकी, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको सहभागिता रहेको थियो ।
यसैगरी एसएनभि नेपालका वास सल्लाहकार कृष्ण जिसी, सबल नेपालका कार्यक्रम निर्देशक दिपक कुमार झा, डिवास सिसी सचिबालय सदस्य मिथिलेश यादब, कोशी पिडित समाज सप्तरीका संयोजक भिमसेन चौधरी, पिआरडिसीका कृष्ण गिरी, पत्रकार शुभ नारायण यादब, बृजमान तामाङ, गाबिस तेरहौताका सचिब तथा भिवास सिसीका संयोजक प्रकाश देबकोटा समेतका भिवास सिसी तेरहौताका सदस्यहरु अनुगमनमा सहभागी रहेको सबल नेपालका फिल्ड अफिसर देबेश चौधरीले जानकारी दिनुभयो ।
तेरहौतामा कुल घरधुरी सङ्ख्या १ हजार ५९ मध्य १ हजार घरले चर्पी प्रयोगमा ल्याएको ५० घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा ९ घर निर्माणधिन अबस्थामा रहेको तेरहौताका सरसफाई सहजकर्ता पुष्पा श्रेष्ठले जानकारी गराईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ