News Category 2073/01/25
तेरहौता खुल्ला दिशामुक्त गाविस घोषणा हुने
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
सप्तरीको तेरहौता गाविस बैशाख महिना भित्रमा खुल्ला दिशामुक्त गाविस घोषणा हुने निश्चित भएको छ ।
गाबिसको बिभिन्न वडामा पुगी चर्पी अनुगमन गरी फर्केको जिल्ला स्तरीयटोली सहितको भिवास सिसीको बैठकले बैशाख ३१ गते तेरहौतालाई खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको जनाएको छ ।
अनुगमन टोलीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख सिनियर ईन्जीनियर लोकेन्द्र यादब, जिल्ला बिकास समिती सप्तरीका कार्यक्रम अधिकृत सुभास मण्डल, युएन ह्याबीट्याट सप्तरी संयोजक हरि बुढाथोकी, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको सहभागिता रहेको थियो ।
यसैगरी एसएनभि नेपालका वास सल्लाहकार कृष्ण जिसी, सबल नेपालका कार्यक्रम निर्देशक दिपक कुमार झा, डिवास सिसी सचिबालय सदस्य मिथिलेश यादब, कोशी पिडित समाज सप्तरीका संयोजक भिमसेन चौधरी, पिआरडिसीका कृष्ण गिरी, पत्रकार शुभ नारायण यादब, बृजमान तामाङ, गाबिस तेरहौताका सचिब तथा भिवास सिसीका संयोजक प्रकाश देबकोटा समेतका भिवास सिसी तेरहौताका सदस्यहरु अनुगमनमा सहभागी रहेको सबल नेपालका फिल्ड अफिसर देबेश चौधरीले जानकारी दिनुभयो ।
तेरहौतामा कुल घरधुरी सङ्ख्या १ हजार ५९ मध्य १ हजार घरले चर्पी प्रयोगमा ल्याएको ५० घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा ९ घर निर्माणधिन अबस्थामा रहेको तेरहौताका सरसफाई सहजकर्ता पुष्पा श्रेष्ठले जानकारी गराईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ