News Category 2073/01/26
अधिकृतको कार्यशैलीमा सुधार लगायत माग गर्दै नगरपालिका कर्मचारी आन्दोलित
राजविराज÷विगत तीन महिना लामो समयदेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गरिरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्ना आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनको पहिलो दिन दुई घण्टा र माग पुरा नभएसम्म प्रत्येक दिन एक एक घण्टा समयअवधी थप गर्दै शुक्रबार कर्मचारीहरुले शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म पाँच घण्टा धर्ना दिएका छन् ।
धर्नाका कारण शुक्रबार पाँच घण्टा कार्यालयको कामकाज अवरुद्ध भएपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका थिए ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ