News Category 2073/01/27
विद्यार्थी मंचद्वारा विभिन्न निर्णयहरु सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २६ बैशख ।
सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंच केन्द्रिय कार्य समितिको राजविराजमा सम्पन्न बृहत बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।
आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्पन्न बैठकले गरेको सो निर्णयहरु सार्वजनिक गरेको हो ।
विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा सार्वजनिक गरिएको निर्णयहरुमा वर्तमान परिस्थिति, शैक्षिक उन्नयन, अगामी सांगठनिक रणनीति लगायतका विषयवस्तु सहितका राजनीतिक एवं सांगठिनक प्रस्ताव मंचको विस्तारीत बैठकले संशोधन सहित पारित गरिएको जनाइएको छ ।
यस्तै जारी आन्दोलनलाई सशक्त बनाउन प्रत्येक सांगठनिक भौगोलिक कलस्टर ९ क्लस्टरमा अगामी जेष्ठ १५ गतेदेखि २५ गतेसम्म जारी आन्दोलनमा विद्यार्थीहरुको भुमिका लगायतका समसामयिक विषय वस्तुमाथि एक दिवसीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
त्यस्तै मंचका महासचिव सोनिया खातुनद्वारा जारी विज्ञप्तीमा मंचको विधान अनुसार किशोर कुमार यादवको संयोजकत्वमा ७ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । गठित सचिवालयका सदस्यहरुमा क्रमश पन्नालाल यादव, प्रेमा कुमारी चौधरी, सोनिया खातुन, चन्दन यादव, उपेन्द्र साह र सुजन यादव रहेका छन ।
त्यस्तै अगामी कार्तिक १ र २ गते राजविराजमा विद्यार्थी मंचको पाँचौं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने सर्वसम्मतबाट निर्णय गरिएको छ भने शहिद एवं आन्दोलनमा गम्भिर रुपले घाईते भएका परिवारका सदस्यहरुको लक्षित गर्न विद्यार्थी मंचद्वारा निःशुल्क रोजगारमुलक तालिमको आयोजना गर्ने समेत निर्णय गरिएको छ ।
यसैगरी राज्यको शैक्षिक निकाय प्रतिष्ठान, स्कुल, क्याम्पसमा अध्ययन अध्यापनको माध्यम मातृभाषा राख्नुपर्ने, विद्यार्थीहरुको लागि शैक्षिक श्रृण उपलब्ध गराउनुपर्ने, मदरसामा अध्ययन छात्रछात्राहरुको सरकारी स्कुल सरह मान्यता दिनुपर्ने, देश तथा मधेशमा रहेका सम्पुर्ण शैक्षिक संस्थामा रिसर्च सेन्टर राख्नुपर्ने, सरकारद्वारा लगाईएको पाठयक्रममा मधेशी विर शहिद, सांस्कृतिक ईतिहास आदी विषयको गाथा सहभागि गराउनुपर्ने, शैक्षिक वेरोजगारको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका २३ बुँदे मागहरु समेत अगाडी सारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ