News Category 2073/01/27
कर्मचारीद्वारा धर्नालाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, २६ बैशख ।
गत माघ महिनादेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गर्दै आइरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्नालाई निरन्तरता दिएका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
तीन महिना बढी समय सम्ममा समेत माग पुरा नभएको भन्दै धर्ना राजविराज नगरपालिका कर्मचारी एशोसिएशनले कार्यक्रमलाई निरन्तरता दिएका हुन् । आन्दोलनको पहिलो दिन दुई घण्टा र माग पुरा नभएसम्म प्रत्येक दिन एक एक घण्टा समयअवधी थप गर्दै आइतबार कर्मचारीहरुले बिहान १० बजेदेखी दिउँसो ४ बजेसम्म धर्ना दिएका छन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।
उहाँले सोमबार कार्यालय अवधीभर ७ घण्टा धर्ना दिने र त्यसले पनि माग पुरा नभए मंगलबार नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यता धर्नाका कारण आइतबार अरु दिन भन्दा बढी नै कार्यालयको कामकाज अवरुद्ध भएपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ