News Category 2073/01/28
चार छोराछोरीका बुबाद्वारा १३ वर्षिया बालिका अवैद्य यौन क्रियाकलापको शिकार
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
चार छोराछोरीका बुबाले १३ वर्षिया बालिकालाई दुई वर्षदेखी अवैद्य यौन क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
सप्तरीको बरमझिया गाविसका ३५ वर्षिय उपेन्द्र दास तत्माले स्थानिय १३ वर्षिया ती बालिकालाई ११ वर्ष कै उमेरबाट अवैद्य यौन क्रियाकलाप गरिरहेको तथ्य पीडित परिवारले सोमबार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको हो ।
पत्रकार सम्मेलनमा पीडित बालिकाका बुबाले गत वर्ष उपेन्द्रले बालिकालाई गरिरहेको यौन क्रिडा बारे स्थानियहरुले थाहा पाएपछि स्थानियहरुकै सरसल्लाहमा ती बालिकाको अर्का एक युवकसँग विवाह तय गरिएको जानकारी दिनुभयो । तर, विवाह तय भएको एक दिनपछि इलाका प्रहरी कार्यालय कंचनपुरमा ती बालिकाले विवाह तय भएको युवकले नै आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएको बताउनुभयो ।
यता बालिकाको उजुरीको आधारमा स्थानिय सत्ना सदालाई प्रहरीले पक्राउ गरि जरबजस्ति करणी मुद्दा लगाउँदै अदालतमा पेश ग¥यो । अदालतमा मुद्दाको सुनुवाई भइरहँदा सत्नाका आमाले बन्दीप्रत्यक्षिकरण मुद्दा हालेकी थिइन् । तर, अदालतले सो मुद्दा खारेज गर्दै सत्नालाई पुर्पक्षका लागि राजविराज कारागार पठाएको छ ।
यता केही दिन अघि मात्र उपेन्द्रले ती १३ वर्षिया बालिकालाई लिएर फरार भए । पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय कंचनपुरमा जाहेरी दिन जाँदा प्रहरीले सो उजुरी लिन मानेन् । तर, मंगलबार सप्तरीका प्रहरी प्रमुख भिम ढकालको हस्तक्षेप पश्चात् फरार रहेका उपेन्द्र र बालिका प्रहरीले जिल्लाको जण्डौल गाविसबाट आपत्तिजनक अवस्थामा पक्राउ ग¥यो । हाल दुबै इलाका प्रहरी कार्यालय कंचनपुरमा रहेका छन् ।
पत्रकार सम्मेलनमा पीडित बालिकाका बुबाले भन्नुभयो, “छोरीलाई उपेन्द्रले ललाई फकाई आफ्नो मनमानी गर्दै आइरहेकोले छोरीलाई उसको चंकुलबाट निकाल्न सम्पूर्ण सरोकारवालासँग अपील गर्दछु र उपेन्द्रलाई कानुन बमोजिम कारवाही होस् ।”
त्यस्तै सोही पत्रकार सम्मेलनमा कारागारमा रहेका सत्ना सदाका बुबाले छोरालाई झुठा आरोप लगाउँदै कारागार पठाइएको गुनासो पोख्दै भन्नुभयो, “छोरालाई न्याय दिलाउन सम्पूर्ण सरोकारवालासँग आग्रह गर्दछु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ