News Category 2073/01/28
“भर्ना अभियानमा जन्म दर्ता बढी बाधक” ७ हजार ५ सय ७७ बालबालिकाहरु विद्यालय बाहिर
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले हालसम्म जिल्लाका ३ वर्षदेखी १२ वर्ष उमेर समूहका ७ हजार ५ सय ७७ बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको “भर्ना अभियान २०७३” समिक्षा बैठकमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
विद्यालय बाहिर रहेका बालबालिका मध्ये सबैभन्दा बढी मुसहर र मुश्लिम समूदायका रहेको जनाइएको छ । यस्तै बैठकमा सरोकारवालाहरुले विद्यालय भर्ना अभियानमा सबै भन्दा ठूलो जटिलता बालबालिकाहरुको जन्म दर्ता देखिएको बताएका छन् ।
सरकारले नेपाललाई सन् २०१६ सम्ममा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखे अनुसार हाल जिल्लाका गाविसहरुमा स्थानियस्तरबाटै चर्पी नहुने घरधुरीलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेपछि त्यसको प्रभाव बालबालिकाहरुमा समेत देखा पर्न थालेको छ ।
विद्यालय भर्ना गर्न जन्म दर्ता आवश्यक रहेको हुँदा चर्पी नहुने परिवारका बालबालिकाहरुलाई सम्बन्धित गाविस सचिवले जन्म दर्ता नगरिदिँदा विद्यालय भर्नामा कठिनाई भएको सरोकारवालाहरुले बताउछन् ।
यता विद्यालय भर्ना अभियानमा अर्को बाधक बुबाआमा वा दुबै मध्ये कतिपय अभिभावकको नागरिकता नहुँदा जन्मदर्ता बनाउन कानुनी बाध्यता आउने गरेको छ ।
यस्तै बैठकमा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले बैशाख महिनाभरि नै विद्यालय भर्ना अभियान संचालन भइरहदा यतिका ठूलो संख्या बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याङ्कलाई घटाउन अझ समय रहेको बताउनुभयो ।
उहाँले जेठ महिनामा पनि बालबालिकालाई विद्यालयमा भर्ना गर्न मिल्ने बताउँदै विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सो समय अवधीमा विद्यालयमा ल्याउन सक्ने प्रयास गर्ने जिकिर गर्नुभयो ।
त्यस्तै भर्ना अभियानमा जन्म दर्ता ठूलो बाधक नभएको स्पष्ट पार्दै सम्बन्धित विद्यालयका प्रअलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, “अभिभावकसँग प्रतिबद्धता पत्र बनाएर भर्ना लिनुस् ।” जन्म दर्ताकै कारण कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुनुहुदैन् भन्नुहुँदै उहाँले भन्नुभयो, “कक्षा ८ सम्म जन्म दर्ता आवश्यक पर्दैन्, सो अवधीसम्म बालबालिकाहरु पढ्न सक्छन् ।”
यस्तै जिशिअ भट्टराइले भन्नुभयो, “अभिभावकहरुले चर्पी नबाएकै कारण सचिवहरुले जन्मदर्ता बनाउँदैनन् भने त्यसमा शिक्षा कार्यालयले हस्तक्षेप गर्न मिल्दैन किन भने त्यो सरकारी अभियान र सामाजिक कुरा हो ।”
सो बैठकमा जिल्लामा शिक्षासँग सरोकार राख्ने आसमान नेपाल, सबल नेपालका प्रतिनिधि, सहायक जिशिअ, विभिन्न विद्यालयहरुका प्रअ, शिक्षा कार्यालयका विद्यालय निरिक्षक, कर्मचारी, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ