News Category 2073/01/28
गठबन्धनद्वारा बिरोधसभाको आयोजना
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
संघीय गठबन्धनको पूर्व निर्धारित बिरोधका कार्यक्रम अनुसार सोमबार मधेशी मोर्चा सप्तरीले राजविराजमा बिरोधसभाको आयोजना गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी बिरोधसभामा परिणत भएको थियो । सो बिरोध ¥यालीमा मोर्चासँग आबद्व विभिन्न दलका नेता÷कार्यकर्ता सहभागी भएका थिए ।
बिरोधसभामा बोल्दै बक्ताहरुले यत्रो लामो आन्दोलन गर्दा पनि सरकार माग पूरा गर्न आलटाल गरिरहेको भन्दै अब हुने आन्दोलनले सरकारले घुँडा टेक्ने बताए । उनीहरुले अधिकार प्राप्तिका लागि हुने सिंहदरबार केन्द्रित आन्दोलनमा सहभागिता जनाउन सबैसँग आग्रह समेत गरे ।
मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र मण्डलको अध्यक्षता तथा सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुको प्रमुख आतिथ्य एवं राष्ट्रिय मधेश सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंहको विशिष्ट आतिथ्यमा आयोजित सो बिरोध सभामा तराई मधेश सदभावना पार्टीकी केन्द्रिय सदस्य बिनिता यादव, सदभावना पार्टीका सत्य नारायण यादव, सदभावना पार्टीका केन्द्रिय सदस्यहरु दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, मोर्चाका नगर संयोजक उमेश साह, तमलोपाका जिल्ला सचिवद्वय वौवा लाल शर्मा, रविन्द्र कुमार मण्डल, संयुक्त मधेशी जनआन्दोलन परिचालन समितिका जयप्रकाश यादव, रामगमन साह, विद्यार्थी मंचका नेता जिवन कुमार यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कोषाध्यक्ष संजय कुमार मण्डलसहितका नेताले मन्तव्य व्यक्त गर्दै अबको आन्दोलनले आरपार हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ