News Category 2073/01/29
वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको अध्यक्ष भण्डारीको आरोप
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ ।
उहाँले आन्दोलनरत दलहरुको मुद्दामा राष्ट्र सहमति हुनु अहिलेको आवश्यकता रहेको भन्दै राष्ट्र सहमतिको सरकारको कुनै औचित्य नरहेको र राष्ट्र सहमतिको सरकारले लोकतन्त्रलाई नै धरापमा पार्न सक्ने जिकिर गर्नुभयो ।
मंगलबार राजविराजमा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले वर्तमान सरकार नश्लिय राजनीतिको चिन्तनमा डुबेको र राष्ट्रवादको नारा मात्र नेपाली जनतामा लाद्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले वर्तमान सरकार जति दिन चल्छ त्यति नै मुलुक संकटमा फस्दै जाने जिकिर गर्दै अहिलेको वर्तमान सरकार इतिहासमै मुलुकको राष्ट्रघाती सरकार साबित भएको दाबी समेत गर्नुभयो ।
अध्यक्ष भण्डारीले वर्तमान सरकारले मधेश र पहाडबीच विभाजन, जातजातीबीच भतभेद र सामाजिक सद्भाव समेत खलबलाउन खोजेको आरोप लगाउनुभयो । मुलुक अहिले राजनीतिक, सामाजिक, भौगोलिक बिखण्डन तर्फ बढीरहेको भन्दै २६ दलीय गठबन्धन जति अगाडी बढीरहेको छ, त्यसरी नै प्रधानमन्त्रीको मानसिक सन्तुलन समेत विग्रिदै गइरहेको उल्लेख गर्नुभयो ।
आन्दोलनरत संघीय गठबन्धन मध्ये एक घटक समेत रहेको रामसपाका अध्यक्ष भण्डारीले नेपालसँग दशकौंदेखी भारतको मित्रता समेत वर्तमान सरकारका कारण चिसिएको दाबी गर्नुभयो ।
सरकारले राष्ट्रपतिको भारत भ्रमण रद्द गरेर राष्ट्रपतिलाई पार्टीको एक साधारण कार्यकर्ताको रुपमा प्रयोग गरिरहेको आरोप लगाउनुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले मोर्चामा कुनै विवाद नरहेको प्रष्ट पार्दै राष्ट्रिय एजेण्डा लिएर जेठ २ गते सिंहदरबार शान्तिपूर्ण र लोकतान्त्रिक पद्दतीबाट घेराउ गर्ने कार्यक्रमलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।
सरकारले सिमांकन विवादलाई समाधान गर्न तर्फ चासो नदेखाएको बताउँदै अध्यक्ष भण्डारीले यदी सरकारले यसतर्फ ध्यान दिए गठबन्धनले सिमांकन विवादलाई एक दिनमै समाधान गर्न सक्ने दाबी समेत गर्नुभयो ।
आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, केन्द्रिय प्रवक्ता केशव झा, जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उपाध्यक्ष सतिश सिंह लगायत पार्टीका जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ