News Category 2073/01/29
बालक मृत फेला, हत्या भएको आंशका
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज ६ स्थित नालामा मंगलबार विहान एक बालकको शव भेटिएको छ ।
राजविराज ५ निवासी उमेश कुमार साहको १० वर्षिय छोरा प्रमोद कुमार साहको उक्त शव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत भेटिएका प्रमोदको घाँटी र शरीरको विभिन्न भागमा चोट देखिएकोले हत्या भएको हुन सक्ने स्थानियवासीहरुले बताएका छन् ।
प्रहरीका अनुसार हिजो बिहान प्रमोद घरबाट हिडेको भनिएकोमा खोजतलास गर्ने क्रममा मंगलबार बिहान उनी मृत अवस्थामा नालामा भेटिएका हुन् ।
बिहान स्थानियहरुले शव नालामा देखेपछि प्रहरीलाई खबर गरे पश्चात् प्रहरी घटनास्थलमा पुगि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ