News Category 2073/01/30
पुरानो सकाउनुस्, नयाँ लग्नुस् ः डिसिएम कुमार
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
नेपाल स्थित भारतीय दूतावासका डिसीएम विनय कुमारले सप्तरीमा अलपत्र परेको भारतीय सहयोगको पुराना योजनाहरुको काम सकाउनु सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले पुराना आयोजनाहरुको काम सम्पन्न नभएर नयाँ योजनाहरु भारतीय दूताबासले सप्तरीमा दिन नसक्ने बताउनुभयो ।
नेपाल–भारत मैत्री संघ र अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा बुधवार राजविराजमा सुरु भएको ‘पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिबिर’को उद्घाटन गर्दै डीसीएम कुमारले यस्तो बताउनु भएको हो । ‘सम्झौता हुनु र समयमा काम नहुनुले नयाँ योजना उपलब्ध हुन सकेन’, उहाँले भन्नुभयो, ‘पुराना योजनाहको निर्माण कार्य सकिनासाथ नयाँ योजना उपलब्ध हुनेछ ।’
एक दशकअघिदेखी सप्तरीमा सञ्चालित मविब क्याम्पसको कन्या छात्रावास, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसुती कक्ष, विद्यालय भवन लगायतका योजनाहरुको काम पुरा हुन सकेको छन् ।
सप्तरी जिल्लामा संचालन भएका योजनाहरुको बारेमा जिल्लाका बिभिन्न क्षेत्रका सरोकारबालाहरुसँग आफूले छलफल गरेको बताउँदै उहाँले सबै मिलेर पुराना योजनाहरु समयमै पूरा गर्नुपर्नेमा जोड् दिनुभयो ।
शिविर उद्घाटन सत्रमा नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ओमप्रकाश सरावगीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै लग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जिल्लाको विकास निर्माण तथा नेपाल–भारत सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा साहित्यकार करुणा झाद्वारा हिन्दी भाषामा लिखित ‘जीवनपथ पर चलते चलते’ पुस्तकको बिनय कुमार सहितकाले विमोचन गर्नुभएको थियो ।
शिबिरमा २ सय ५० जना महिलाहरुको पाठेघर जाँच गरिएको आयोजकले जनाएको छ । शिबिरमा विपि कोईराला क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेड ईश्वर श्रेष्ठ न्यौपाने, प्रमूख जिल्ला अधिकारी बलदेव गौतमले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल भारत मैत्री संघ सप्तरीको आतिथ्यमा तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ