News Category 2070/02/29
महिलाको सहज पहुँचबारे सम्झौता
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
सप्तरीमा ‘ग्रामिण स्वास्थ्य सेवामा महिलाको सहज पहुँच अभिबृद्धिका लागि लघुबित्त प्रवद्र्धन कार्यक्रम’ संचालन हुने भएको छ ।
कार्यक्रम संचालन गर्ने राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड र जिल्ला जनस्वास्थ्य कार्यालयबीच मंगलबार सो सम्बन्धमा सम्झौता भएको छ । ग्लोबलका अध्यक्ष सुखराम यादव र वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सप्तरीको सबै एक हजार ३६ वडाका आमा समूहमा लघुबित्त बचत तथा ऋण प्रवद्र्धन सँगै स्वास्थ्य सम्बन्धी छलफल प्रकृयाले स्वयंसेविका एवं सदस्यहरुले आर्थिक, समाजिक, स्वास्थ्य र रोजगारको अवसर यस कार्यक्रमबाट प्राप्त गर्ने विश्वास वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष सुखराम यादवले कार्यक्रम अन्तर्गत ग्लोबलद्वारा संचालित मुठियाबचत अवधारणामा आमा समूहलाई सरिक गराई स्वरोजगारका माध्यमबाट गरिवी न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ