News Category 2073/01/30
सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्ने लक्ष्य
दैनिक समाचारदाता
राजविराज, २९ वैशाख ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले सानै उमेरमा हुने गरेको बालविवाहलाई निरुत्साहित गरि समय पुगेपछि मात्र सो विवाह गर्न गराउनका लागि सचेतना आवश्य रहेको बताउनु भएको छ ।
जिल्ला बाल कल्याण समिति सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बोदेबर्साइन गाविसमा बुधबार सम्पन्न प्रहरी र संचारकर्मीहरुलाई बालविवाह बिरुद्ध एक दिने कार्यशाला गोष्ठीमा सहजिकरण गर्दै प्रहरी नायव उपरिक्षक कार्कीले सो कुराको जानकारी दिनु भएको हो ।
उहाँले बालविवाह उन्मूलनका लागि प्रहरी र संचारकर्मी र सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने आवश्यकता रहेको बताउँनु भयो ।
त्यस्तै महिला बालबालिका कार्यालयका प्रमुख चन्द्रकला श्रेष्ठले बालविवाह न्युनिकरणका लागि चुनौती र अफठ्याराहरु पनि उत्तिकै रहेकोले जनचेतना फैलाउन सबैको सहयोग आवश्यक रहेको जिकिर गर्नुभयो।
उहाँले कानुनी प्रावधान र समस्याप्रति जानकारी दिँदै प्रहरी र संचारकर्मीहरु समनव्य गरेर जानुपर्ने कुरामा जोड दिनुभयो । सन् २०१५ देखी बालविवाह उन्मूलनका लागि मुलुकभरि नै अभियान संचालन भइरहेको जानकारी दिँदै प्रमुख श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सो गोष्ठीमा संचारकर्मी र बोदेबर्साइन क्षेत्र वरिपरिका प्रहरीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ