News Category 2073/01/31
राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायी धरासयी हुँदै ः नेउवाम पूर्व अध्यक्ष ढकाल
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकालले राजनीतिक अस्थिरताका कारण मुलुकमा उद्योग व्यवसायीहरु धरासय बन्दै गएको बताउनुभएको छ ।
वनक्षेत्रमा निजिस्तरको लगानी सम्बन्धी तीन दिने पूर्वाञ्चल क्षेत्रिय तालिमको बिहीबार राजविराजमा उद्घाटन गर्दै पूर्वअध्यक्ष ढकालले मुलुकमा दुई दशकदेखी जारि राजनीतिक अस्थिरताका कारण यहाँका उद्योगि व्यापारीहरु खुल्ला रुपले व्यापार गर्न नसिकरहेको बताउनुभएको छ ।
विगतको माओवादी द्वन्द्व, सशस्त्र समूहको द्वन्द्व, मधेश आन्दोलन, त्यसपछिको राजनीति उतार चढावपछि पुनः मधेश आन्दोलनसँग सँगै भारतीय नाकाबन्दी र अहिले राजनीतिक अस्थिरताका कारण मधेश लगायत सम्पूर्ण मुलुकका उद्योगि व्यवसायीहरु झनै धरासय बन्दै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले व्यवसायीहरुलाई आत्मबल बढाएर अबको आगामी दिनहरुमा अघि बढ्न सुझाव दिँदै अद्योग र व्यापार निर्धक्का साथ संचालन गर्न जोड दिनुभयो ।
अहिले मुलुकबाट दिनहँु हजारौं युवाहरु विदेश पलायन हुने क्रमलाई आगामी दिनमा स्वदेशमै रोजगारीको अवसर सृजना गरेर युवाहरुलाई विदेश जानबाट रोक्नु पर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । मुलुकको वन जंगलबाट उत्पादन हुने ६० प्रतिशत काठ त्यतिकै नष्ट भएर जाने हुँदा अबको दिनमा निजि क्षेत्रले वनमा लगानी गरि त्यस्ता खेर जाने बस्तुहरुलाई सदुपयोग गरेर मुलुकलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै सप्तरी जिल्लामा रहेको औद्योगिक क्षेत्रमा उद्योगी व्यापारीहरुलाई उद्योग संचालन गरेर औद्योगिक क्षेत्रलाई बिस्तार गर्न आग्रह समेत गर्नुभयो ।
यसैगरि सोही कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले निजिकरण बिना वनको विकास हुन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले वर्तमान अवस्थामा निजि क्षेत्रले जसरी अन्य क्षेत्रमा लगानी गर्दै अगाडी बढीरहेको छ त्यसरी नै वन क्षेत्रमा निजि क्षेत्रले लगानी गरेर युवाहरुलाई नयाँ रोजगारीको अवस्था सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सप्तरीका निमित्त प्रजिअ रामेश्वर अर्याल, पूर्वाञ्चल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा केन्द्रिय सदस्य टंक दुलाल, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ, पत्रकार महासंघका पूर्व अध्यक्ष शिवहरि भट्टराई लगायतले सप्तरी जिल्लका उद्योग व्यापारहरु ६ महिने बन्दीका कारण अस्तव्यस्त भएको हुँदा यसलाई अगाडी बढाउन महासंघले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ, पूर्वाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघको आयोजना, बहुसरोकारवाला वन कार्यक्रमको सहयोग तथा सप्तरी उद्योग बाणिज्य संघको आतिथ्यमा आयोजित तालिममा पूर्वाञ्चलका १६ जिल्लाका २७ जना उद्योग बाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । यसअघि सो तालिममा चार विकास क्षेत्रमा सम्पन्न भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ