News Category 2073/02/01
जिल्लाको विकास बारे भेटघाट
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले भारतीय दुतावासका नियोग उपप्रमुख विनय कुमारसँग जिल्लाको विकास बारे भेटघाट गर्नुभएको जानकारी दिनुभएको छ ।
आप्mनै निवास राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलन उहाँले राजविराजमा मधेशवादी दलहरुसँगको भेटघाटमा भारतीय दुतावासको आर्थिक सहयोगमा निर्माण शुरु भएको राजविराजस्थित महिला छात्रावास, बोरिया, ब्रहमपुर लगायतका विद्यालय, राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको प्रसुति सेवा कक्ष, कुनौली फत्तेपुर सडकको इनरुवा कुनौली सडक खण्ड मर्मतको काम लामो समयसम्म बित्तिसक्दा पनि सम्पन्न हुन नसकेको बारे जिज्ञासा राख्नु भएको बताउनुभयो ।
उहाँले उपप्रमुख कुमारलाई उक्त योजनाहरु कसको बदनियतले पुरा हुन नसकेको भन्दै दाताको हैसियतले त्यसको छानविन गराई सम्बन्धित निकाय मार्फत कार्यवाही प्रक्रिया अगाडी बढाई उक्त योजनाहरु सम्पन्न गरी भारत सरकारको लगानीलाई सदुपयोग गर्न आग्रह गर्नुभएको जनाउनुभयो ।
त्यस्तै मण्डलले यातायातको सहजता विकाश निर्माणको प्रमुख बिन्दु रहेको राजविराज ओद्यौगिक क्षेत्र संचालनमा बाधा हुनुको एक कारण यातायातको कठिनाई रहेकोले स्व.ललित नारायण मिश्र भारतका रेल मन्त्रि रहनुभएको बखत निर्मली स्टेशनदेखि छिन्नमस्ता, शक्तिपिठको नजिक भारतीय सिमासम्म रेल सेवा पु¥याउन सर्वे गराइएको अवगत समेत गराउनु भएको भन्दै निर्मलीदेखि भारतीय सिमासम्म रेल सेवा पु¥याउन उपप्रमुख कुमारलाई पहल गरी दिन आग्रह समेत गर्नु भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ