News Category 2073/02/01
तेरहौता २२ औं खुल्ला दिसा मुक्त गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
“तेरहौताबासीको एक आवाज, खुल्ला दिसा मुक्त समाज” भन्ने मुल नाराका साथ सप्तरीको तेरहौता गाविस २२ औं गाविसको रुपमा शुक्रबार भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ ।
“जकर घरमे चर्पी नैं, तकर घरमे शादी नै” भन्ने मुल नाराका साथ जिएसएफ र युएनह्याभिटाटको सहयोग तथा सबल नेपालद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तर्गत तेरहौता गाविसलाई शुक्रबार भव्य समारोहबिच २२ औं जिल्लाको रुपमा खुल्ला दिसा मुक्त अभियान घोषणा गरिएको हो ।
गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तेरहौताका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षता तथा सप्तरी क्षेत्र न. १ का सांसद मानपुर चौधरीको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी तथा डिभिजन कार्यालयका निमित्त प्रमुख प्रभु नारायण चौधरीको विशिष्ट आतिथ्यमा आयोजित सो घोषणा समारोहमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खडका, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी, आरआरएनका दिनेश आर्याल, गैर सहकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, वेल नेपालका ब्रहमानन्द मण्डल, जिविस सुनौलो हजार दिनका विजय रत्न श्रेष्ठ, कोशी पीडित समाजका भिमसेन चौधरी, सबल नेपालकी अध्यक्ष जुना गिरी, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरु कैलाश लोगी, विष्णु बहादुर थापा, रामाकान्त शास्त्री, कुमार मान श्रेष्ठ, एमाले प्रतिनिधि शुभ नारायण यादव, पत्रकार प्रकाश खतिवडा लगायतका बक्ताहरुले तेरहौता गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।
यसैबिच सो समारोहमा सबल नेपालका टिम सहित गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सम्पुर्ण पदाधिकारी, महिला स्वयसेविका, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुद्वारा प्रशंसापत्र र सम्मान पत्र प्रदान गर्नुका साथै सो कार्यका सहयोग गर्नेहरुलाई दोसल्लाह ओढाएर सम्मान समेत गरिएको थियो ।
त्यस्तै सोही घोषणा समारोहमा सामुदायिक रेडियो भोरुकवा एफएमका चर्चित कलाकारहरु कैलाश झा, जिबछ दास, युवा गायक केशब चौधरी सहितका अन्य स्थानीय कलाकारहरुद्वारा विभिन्न गित संगितमा नृत्य प्रस्तुत गरिएको थियो ।
यसैबिच सोही घोषणा समारोहमा सबल नेपालद्वारा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तेरहौतालाई पूर्ण सरसफाईको लागि ७५ हजारको चेक हस्तानान्तरण गरिएको थियो भने जिल्ला विकास समिति सप्तरीद्वारा तेरहौता गाविसलाई ५० हजार बराबरको पुरस्कार प्रदान गर्ने घोषणा गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ