News Category 2073/02/01
सिंहदरबार घेराउमा दमन भए, गृहयुद्ध ः अध्यक्ष यादव आन्दोलनमा एमाओवादी नेता किरातीको पनि सहभागिता
दैनिक समाचारदाता
काठमाडौं, ३१ बैशाख ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संघीय गठबन्धनले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा सरकारले दमन गर्न खोजे गृहयुद्ध निम्तिने चेतावनी दिनु भएको छ ।
गठबन्धनको शनिबार काठमाडौैंस्थित शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी रहेको छ भने आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखिएको छ । यता उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राज्यले आतंक सिर्जना गर्न खोजिरहेको आरोप लगाउँदै यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्ने चेतावनी समेत दिनुभयो । सो पत्रकार सम्मेलनमा यादवले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने सुनेको भन्दै उहाँले भन्नभुयो, “हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन् ।”
सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै उहाँले आरोप लगाउनुभयो । सरकारसँग विगतमा पटक पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि चासो नदिएकाले फेरि वार्ता गर्नुको औचित्य नभएको यादवले बताउनुभयो ।
यस्तै पत्रकार सम्मेलनमा सत्ता साझेदार दल एमाओवादीका नेता गोपाल किरातीको समेत उपस्थिति रहेको थियो । पत्रकारहरुको उत्सुकता मेटाउने कोशिस गर्दै उहाँले नयाँ संविधानले किराती समुदायका माग सम्बोधन नगरेकाले आफू पनि गठबन्धनसँगै आन्दोलनमा होमिएको जानकारी दिनुभयो । किराती नेतृत्वको किरात राज्य संघर्ष समितिको यसअघिको बैठकले गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ