News Category 2073/02/01
प्याबसन र एनप्याबसनले बुझायो पाँच बुँदे मागसहित ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
निजी तथा आवासीय विद्यालय प्याब्सन र एनप्याब्सन केन्द्रिय कार्य समितिको निर्णय अनुसार शुक्रबार सप्तरी सहित मुलुकभरीकै जिल्ला शिक्षा अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको छ ।
निजी विद्यालयहरुमा शुल्क निर्धारण, निर्धारित मापदण्ड, लेखा परीक्षण, शिक्षक कर्मचारीको तलब भत्ता र विद्यालयको अनुगमन सहित विभिन्न पाँच बुँदे माग सहित निजी तथा आवासीय विद्यालय प्याब्सन र एनप्याब्सनले जिल्ला शिक्षा अधिकारी मार्फत शिक्षा मन्त्री गिरीराज मणि पोखरेल समक्ष ज्ञापन पत्र बुझाएको हो ।
बुझाईएको ज्ञापन पत्रमा संस्थागत विद्यालयको शुल्क निर्धारण विधिका सम्बन्धमा शिक्षा नियमावलीमा स्पष्ट व्यवस्था भएको हुदाँ सो अनुरुप नै संचालक समितिले प्रस्ताव गरी अभिभावक, शिक्षक तथा शिक्षा कार्यालयको प्रतिनिधिको समेत सहभागिता हुने व्यवस्थापन समितिले अनुमोदन गरी सम्बन्धित कार्यालयमा स्विकृतिका लागि पेश गर्ने व्यवस्था नै कायम गर्नुपर्ने, शिक्षक कर्मचारीको तलब भत्ताको सन्दर्भमा मासिक शिक्षण शुल्कको ६० प्रतिशत शिक्षक कर्मचारीलाई दिन विद्यालयहरु तत्पर भई कार्यान्वयनमा समेत आईसकेको सन्दर्भमा यसैलाई निरन्तरताका लागि निर्देशिकाले ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै संस्थागत विद्यालयले पुरा गर्नुपर्ने मापदण्डका सम्बधमा २०६९ फाल्गुन ४ गते जारी गरिएको संस्थागत विद्यालय संचालन मापदण्ड तथा निर्देशिकामा उल्लेख भए बमोजिम गर्न गराउन विद्यालयहरु उन्मुख भईरहेको अवस्थामा तिन वर्ष भित्र मापदण्ड पुरा गर्नुपर्ने तथा पाँच वर्षभित्र आफनै घर जग्गा हुनुपर्ने प्रावधान आवश्यक र व्यवहारिक नदेखिएको हुँदा निर्देशिकाले तोकिए बमोजिम कायम गर्नुपर्ने तथा कक्षा थप तथा नयाँ अनुमतिका प्रावधानका सम्बन्धमा ऐन र नियमावलीले नै स्पष्ट व्याख्या र व्यवस्था गरेकोले शुल्क सम्बन्धि निर्देशिकामा यस्ता विषय हटाईनुपर्ने र कम्पनी ऐन अन्तर्गत संचालित विद्यालयहरुको लेखा परीक्षणका विषयमा कम्पनी ऐन २०६३ मैं स्पष्ट व्यवस्था भएको हुँदा लेखा परीक्षण प्रतिवेदन जिल्ला शिक्षा अधिकारीले प्रमाणित गर्ने काम कार्यक्षेत्र र प्रचलित कानुनका हिसावले पनि बाझिने तथा दोहरो लेखा परीक्षण झन्झटिलो हुने हुँदा त्यसलाई हटाईनुपर्ने माग गरिएको छ ।
यसैगरी संस्थागत विद्यालयहरु विशुद्ध निजी लगानीका शैक्षिक प्रतिष्ठानहरु हुन विश्वव्यापी मान्यताका हिसाबले यस्ता विद्यालयहरुले निश्चित विषय बाहेक सम्पुर्ण रुपमा संचालन स्वायत्तत्ता पाउनुपर्ने, नेपालमा रहेका संस्थागत विद्यालयहरुले पनि राष्ट्रिय पाठयक्रम, परीक्षा र अनुगमन बाहेक स्वायत्तत्ताको माग गर्दै आएको तथा अनुगमन शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेको संयन्त्रबाट मात्रै हुने व्यवस्था कायम गर्नुपर्ने माग गरिएको छ ।
यसअघि निजी तथा आवासीय विद्यालय प्याब्सनका अध्यक्ष पंचदेव यादव र एन प्याब्सनका अध्यक्ष बौकु साहको नेतृत्वमा जिल्लाभरीका निजी शिक्षक शिक्षिकाहरुको सहभाागितामा सो ज्ञापन पत्र बुझाएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ