News Category 2070/05/21
सप्तरी का“ग्रेसमा उम्मेदबार छनौटमा विवाद बल्झियो, नेवि संघद्वारा का“ग्रेस पार्टी कार्यालयमा तालाबन्दी
नवीनकुमार गुप्ता
राजविराज, २० भदौ ।
आसन्न संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरी काँग्रेसमा उम्मेदबार सिफारिस जटिल बनेको छ । क्षेत्रीय समितिहरुले गरेको उम्मेदवार सिफारिस प्रति आपति जनाउँदै पार्टी बिरुद्ध नै संघर्षमा ओर्लिएपछि उम्मेदवार सिफारिस जटिल बनेको हो ।
सप्तरी क्षेत्र नं. १, २, ३ र ५ मा काँग्रेसका तर्फबाट सिफारिस गरिएको उम्मेदबारहरुको नाममा पार्टीकै कार्यकर्ताहरुबाट विवाद भएको छ ।
संविधानसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नं. २ बाट नेवि संघ केन्द्रिय अध्यक्ष रन्जित कर्णको नाम सिफारिस नगरिएको लगायत पाँच सूत्रिय माग राख्दै नेपाल विद्यार्थी संघ सप्तरीका नेता तथा कार्यकर्ताहरुले बिहीबार नेपाली काँग्रेस पार्टी कार्यालय सप्तरीमा तालाबन्दी गर्दै धर्ना दिएका छन् ।
नेवि संघका विद्यार्थी नेताको नाम प्रत्येक क्षेत्र प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस हुनुपर्ने, क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले उम्मेदबारको नाम सिफारिस गर्न नपाउने, प्रत्येक क्षेत्रका सक्रिय नेता तथा पार्टी कार्यकर्ताको नाम उम्मेदबारको रुपमा सिफारिस हुनुपर्ने र क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले गरेको निर्णयहरु खारेजीको माग राख्दै तालाबन्दी गर्दै धर्ना बस्नु परेको नेवि संघ सप्तरीका अध्यक्ष धनश्याम साहले जानकारी दिनुुभयोयस् ।
यस्तै नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताहरुले आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेदबार छनौटमा एकतर्फी र पूर्वाग्रही ढंगले सिफारिस गरेको भन्दै त्यसलाई सच्याउन नेतृत्वसँग आग्रह गरेका छन् ।
काँग्रेस सप्तरीका सभापतिलाई ध्यानाकर्षण गराउँदै निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ छनौट भएका नामहरु समाबेशी र लैगिंक जस्ता कार्यहरुलाई ध्यान नदिई एकतर्फी रुपमा निर्णय भएकोले त्यसमा पुनराबेदन गर्न आग्रह गरेका छन् । काँग्रेस महाधिबेशन समिति सदस्यहरु उमेशजंग बस्नेत, लक्ष्मी गिरी, भुपु सभासद् मुन्नी गुप्ता लगायतले संयुक्त रुपमा यस्तो आग्रह गरेका हुन् ।
यसैगरि सप्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सचिव अमिर झाले आफ्नै अध्यक्षतामा क्षेत्रिय अधिवेशन सम्पन्न गरि सम्भावित उम्मेदबारको नाम सिफारिस गरेको भोली पल्टै क्षेत्रिय अध्यक्ष रामकुमार यादवले सो सिफारिस आधिकारिक नभएको जानकारी दिएका छन् ।
सप्तरी क्षेत्र नं. ५ बाट पनि काँग्रेसले समभावित उम्मेदबारको नाम संचारमाध्यमबाट सार्वजनिक गरे लगत्तै केही नेताहरुले आफ्नो नाम सिफारिस नभएको भन्दै असन्तुष्टी जनाउँदै आएका छन्् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ