News Category 2073/02/03
नेपाली संचारकर्मीको हत्याको योजना विफल ः भारतीय संचारमाध्यम महासंघद्वारा छानबिन गर्न सप्तरी प्रहरीलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
भारतीय कुख्यात अपराधिहरुले १० लाख रुपैयाँ सुपाडी लिएर सप्तरीका संचारकर्मी जितेन्द्र खड्गालाई ज्यान मार्ने समाचार भारतीय संचारमाध्यमबाट सम्प्रेशन भएपछि सप्तरीका संचारकर्मीहरुले आईतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सो समाचारप्रति ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कावा अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएको संचारकर्मीहरुको एक टोलीले प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीलाई सो समाचारप्रति ध्यानाकर्षण गराउँदै पत्रकार महासंघका सल्लाहकार समेत रहनुभएका खड्गालाई सुरक्षाको प्रत्याभुति दिलाउन माग समेत गरेको छ ।
शुक्रबार में १३ तारिखको भारतको बिहारबाट प्रकाशित दैनिक जागरण, हिन्दुस्तान टाईम्स र प्रभात खबर पत्रिका लगायतमा कुख्यात अपराधि सोनु सिंह, सत्यम र हिंमाशु नाम गरेका तिन जना अपराधिलाई बिहार राज्य अन्तरगत करजाईन प्रहरी थानाले बिहिबार साँझ सवारी चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरेपश्चात् गरेको अनुसन्धानबाट सो कुराको खुलासा भएको हो ।
यसैबीच संचारकर्मी खड्गाले आफूसँग कसैको त्यस्तो कुनै प्रकारको झगडा वा व्यक्तिगत रिसिबी नरहेको तर भारतीय संचारमाध्यममा प्रकाशित समाचारलाई आधार मानी सप्तरी प्रहरीले अनुसन्धान गर्नुपर्ने आवश्यक रहेको प्रतिक्रिया दिनु भएको छ ।
यस्तै भारतीय प्रहरीको श्रोत अनुसार तीनै जना अपराधीहरु गत आइतबारदेखी बुधबार रातीसम्म भारदह राजविराज क्षेत्रमा हतियारसहित घुमफिर गरिरहेको जनाएको छ । श्रोतका अनुसार आइतबार साँझ तीनै जना अपराधीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारदहदेखी राजविराज आएको र लगातार तीनदिनसम्म यही वास बसेको जनाएको छ ।
नेपाल भारत खुल्ला सीमा क्षेत्रमा सुरक्षा व्यवस्था र चेकजाच फितलो देखिएको यो घटनाबाट प्रष्ट भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ