News Category 2073/02/03
२०२८ सालकै सर्वेक्षण अनुसार खाँडो नदी नियन्त्रण गर्न माग
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सार्वजनिक जग्गा भएर खाँडो नदीको निकास गरे सयौ किसानहरुको घरबार बिहिन हुने आइतबार पत्रकार सम्मलन गरि जानकारी दिइएको छ ।
मधेशी पत्रकार समाजको कार्यालयमा आईतबार आयोजित पत्रकार सम्मेलनमा खाँडो नदी संघर्ष समिति तिलाठीका संयोजक राम लखन यादवले हालै सरकारले टेन्डर मार्फत खाँडो नदी नियन्त्रणका लागि योजना बनाएपछि नदी नियन्त्रणको नाउँमा नम्बरी जग्गा समेत पर्ने भएकोले सो कार्य नगर्न नराउन आग्रह गर्नुभएको छ ।
उहाँले खाँडो नदी नियन्त्रणका लागि वि.स.२०२८ सालमा भएको सर्वेक्षण अनुसार नै सो कार्य गर्न सरकार तथा सिंचाई मन्त्रालयलाई अवगत गराउनुभएको छ । सोही पत्रकार सम्मेलनमा संयोजक यादवले अहिलेको योजना अनुसार खाँडो नदी नियन्त्रण गर्न कार्य शुरु गरे, सयौ परिवारको हजार भन्दा बढी विगहा जमिन नदीमा पर्ने जानकारी दिनुभयो ।
हाल उक्त टेन्डर मार्फतमा खाँडो नदी नियन्त्रणको लागि बृहत कार्य योजना बनाएको तथा खाँडो नदीको मुहान लौनियादेखि दशगज्जासम्म झण्डै २ सय मिटर देखि ५ सय मिटरसम्म फराकिलो बाटो सम्मको योजना कार्य सरकारी पक्षले ठेकेदार कम्पनीलाई जिम्मा लगाएको उहााले जानकारी दिनुभयो । यस्तै यसबारे राज्य गम्भिर नभए संघर्ष गर्नु बाहेकको अन्य विकल्प नरहेको उहाँले बताउनुभयो ।
यसैबिच तिलाठी गाविसस्थित खाँडो नदी नियन्त्रणका लागि स्थानीयबासीहरुको भेलाले २३ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ ।
स्थानीय राम लखन यादवको संयोजकत्वमा गठित संघर्ष समितिको सदस्यहरुमा क्रमश ललित नारायण झा, अमिर झा, शैलेन्द्र झा, निरज झा, सतिश चन्द्र मिश्र, कुपानन्द झा, देव नारायण यादव, सतिश चन्द्र झा, लक्ष्मी नारायण ठाकुर, त्रिभुवन मिश्र, उदित नारायण मिश्र, अजित कुमार मिश्र पप्पु, सुनिल कुमार मिश्र, अतिश कुमार झा, रतन कुमार मिश्र, मिथलेश झा, चन्दन कुमार झा, शिवानन्द झा, शम्भुनाथ मिश्र, नवनित झा र रंजित कुमार झा रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ