News Category 2073/02/05
बालुवाटार घेर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप दुई दर्जन बढी आन्दोलनकारी घाइते
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
संघिय गठबन्धनले घेराऊ कार्यक्रम अन्तर्गत मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार घेराऊ गरेका छन् ।
विहान १० बजे देखि ५ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मधेशी मोर्चा तथा संघिय गठबन्धनका कार्यकर्ताहरुले घेराऊ गर्दा सो क्षेत्रको सवारी साधार ठप्प भएको थियो ।
यसै क्रममा आन्दोलनकारी माथि प्रहरीले लाठी प्रहार गर्दा दर्जनौं कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरु उपचारका लागि अस्पताल लगिएको छ ।
प्रदर्शनकारीहरुलाई बाटोमै रोक लगाएपछि निषेधाज्ञा तोडेका थिए । यता, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरूमाथि बल प्रयोग गरेको बताएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ ।
यसैगरी, गठबन्धनका शीर्ष नेताहरु सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, तराई मधेश सद्भावना पार्टी नेपालकी उपाध्यक्ष रानी शर्मा तिवारी, रञ्जित गोसामी लगायत घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिनुभयो ।
गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ