News Category 2073/02/05
आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सव कंचनरुपमा मनाइयो
दैनिक समाचारदाता
कञ्चनरुप, ४ जेठ ।
नेपाली स्टुडेण्ट अफ किट युनिभरसिटि, इण्डिया र किट युनिभरसिटि भुवनेश्वर उडिसाको आयोजनमा मंगलबार आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सवको अवसरमा विश्व भर एकैसाथ नेपालमा पनि पहिलो पटक विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित सर्वोदय उमाविको प्राङ्गनमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यको आसन्नबाट बोल्दै सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका गणपति जनक बोहराले साना बालबालिकालाई शिक्षाको क्षेत्रमा उकास्न सबैको ध्यान जानु पर्ने आवश्यक रहेको बताउनुभयो ।
सर्वोदय उमाविका व्यवस्थापन समितिका अध्यक्ष मन्नु कुमार पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका नगर विकास अध्यक्ष ललन प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, समाज सेवी विकास पन्त, तिर्थराज उपाध्याय लगायतकाले अहिले शिक्षा क्षेत्र बिग्रदो गएको अवस्थाप्रति चिन्ता ब्यतm गर्नुभयो ।
कार्यक्रममा हाजरी जवाफ, निवन्ध, चित्रकाला, रुवि क्यु प्रतियोगिताको समेत आयोजना गरेको थियो । हाजरी जवाफमा ईन्टर नेशल लंकि बोडिङ्ग स्कुल कंचनपुर प्रथम, डेफोडिल बोडिङ्ग स्कुल कंचनपुर दोस्रो, रोयल ईङलिस स्कुल भारदह तेस्रो र शंकर उमावि रुपनगर चौथो भएका थिए ।
निवन्ध अग्रेजिमा राजाजि ईगलीश स्कुल घोघनपुरका महेश यादव प्रथम, बाल वोधकि रिया यादव दोस्रो, पिसएन्जलका जिवन चौधरी तेस्रो भए । नेपाली निवन्धमा रोयलका प्रविन कुमार यादव प्रथम, मदरल्याण्डका ललित महतो दोस्रो, शंकर उमाविकि सुस्मीता महतो तेस्रो भईन ।
त्यस्तै चित्रकलामा रोयलकी अन्जनी कुमारी यादव प्रथम, राजाजिकी श्वेता चौधरी दोस्रो, भृकुटि माविकि सुस्मिता लेखि तेस्रो भईन । रुवि क्युमा ईन्टर नेशनल प्रथम, मदरल्याण्ड दोस्रो र रोयल तेस्रो भए ।
सो कार्यक्रममा कञ्चनरुप नगरपालिका र नगर विकास अध्यक्ष ललन प्रसाद गुप्ताले आर्थिक सहयोग गरेका थिए भने धन्यवाद ज्ञापन ईभेन्ट मेनेजर रोशन गुप्ताले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ