News Category 2070/05/22
मधेशमा आन्तरिक औपनिवेशीकरण सम्बन्धी बहस कार्यक्रम सम्पन्न
दैनिक संवाददाता
राजविराज, २१ भदौ ।
नेपाल मधेश फाउण्डेशनले मधेशमा आन्तरिक औपनिवेशीकरण सम्बन्धी एक दिने बहस कार्यक्रम शुक्रबार राजविराजमा समपन्न गरेको छ ।
मधेशमा आन्तरिक औपनिवेशीकरण सम्बन्धी राजनीतिक विश्लेषक सीके लालले तयार पार्नुभएको कार्यपत्रमा अर्का राजनीतिक विश्लेषक हरि रोक्का तथा वरिष्ठ अधिवक्ता हिम्मत सिंहले टिप्पणी गर्नुभएको थियो ।
राजनीतिक विश्लेषक सीके लालले प्रस्तुत गर्नुभएको कार्यपत्रमा राज्य संयन्त्रका तीनवटा खम्बा कार्यपालिका, विधायिका एवं न्यायपालिका तथा चौथो अंग मिडिया एवं पाँचौं नागरिक समाज खम्बा वर्चस्व निर्माण तथा निरन्तरताका अवयव हुने गरेको उल्लेख छ । त्यस्तै विदेशी सहायता एवं ठेक्कापट्टाको अर्थतन्त्रबाट पनि मधेशीहरु लाभान्वित हुन नसकेको कार्यपत्रमा उल्लेख गर्दै लालले उल्लेख्य संख्या मधेशीहरुको भए तापनि विप्रेषण अर्थतन्त्रका संरचनामा जस्तै बैकिङ्ग, फाइनान्स, ट्राभल्स, टे«ड एवं म्यानपावर व्यापारमा सत्ता र शक्तिमा पहँच भएका पहाडियाहरुकै बाहुल्य रहेको जनाइएको छ ।
कार्यपत्र प्रस्तुत प्रश्चात् राजनीतिक विश्लेषक सीके लालले मधेशीहरु आर्थिक, राजनीतिक, शैक्षिक, साँस्कृति तथा व्यवहारिक पक्षबाट पनि पछाडी परिरहेको जानकारी दिनुभयो । केही मधेशी नेताहरुको शासक वर्गसँग साँटघाँट रहेकै कारण उनीहरु आफ्ना लागि मात्र अगाडी बढिरहेको जिकिर गर्नुहुँदै उहाँले मधेशीहरु राज्यको कुनै निकायमा आफ्नो पहँुच बनाउनका लागि सक्दो प्रयास समेत नगरेको कारणले पनि पछाडी परिरहेको जानकारी दिनुभयो ।
त्यस्तै राजनीतिक विश्लेषक हरि रोक्काले कार्यपत्रप्रति टिप्पणी गर्दै राज्य सत्ताको शक्ति बाँडफाँडमा पनि मधेशहिरुको पहुँच नरहेकोले पछाडी परेको उल्लेख गर्नुभयो । उहाँले मधेशमा मात्र होइन पहाडमा दलित तथा पछाडी परेकाहरु शोषित भइरहेको जानकारी दिनुभयो ।
यसैगरि वरिष्ठ अधिवक्ता हिम्मत सिंहले मेधशलाई उपनिवेशीकरणका लागि मधेशी जनताहरुले सम्पूर्ण शक्तिका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
सो वहसमा वक्ताहरुले मधेशमा रहेको विभिन्न समस्या र राज्यले मधेशीप्रति गरेको विभेदका कारण मधेशिहरु झन झन पछाडी परेको विचार व्यक्त गरेका थिए । वक्ताहरुले पहाडी समुदायले जहिले पनि मधेशीलाई हेपहा प्रवृतिबाट हेर्ने गरेको तैपनि मधेशीहरु नेपाली राज्यसत्तासँग टाँसिन पुग्ने गरेको बताएका छन् ।
कार्यक्रममा प्राध्यापक अमरकान्त झा, नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, नेकपा एमालेका निरन्जन झा, तमलोपा महिला संघकी साधना झा, फोरम लोकतान्त्रिका जिल्ला सचिव भोगेन्द्र चौधरी, केन्द्रिय सदस्य राजिव झा, संचारकर्मी शिवहरि भट्टराई, सूर्यनाथ यादव, संचारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, पुनरावेदन बार इकाईका अध्यक्ष महेन्द्र प्रसाद चौधरी, संचारकर्मी हेमशंकर सिंह, नेपाली काँग्रेसका रमेश काकी, गिता यादव, दलित अगुवा युक्तिलाल मरिकले बोल्नु भएको थियो ।
बहस कार्यक्रम नेपाल मधेश फाउण्डेशनका तुलानारायण साहले संचालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ